बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

लुम्बिनीमा शिखर सम्मेलनको तयारी तीव्र

लुम्बिनी प्रदेश सरकारले आगामी फागुन २७, २८ र २९ गते बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो शिखर सम्मेलन गर्न तयारी अघि बढाएको छ ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष चासो दिएको सम्मेलनमा बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स’ नाममा सम्मेलन आयोजना गर्न लागिएको हो ।

लुम्बिनी सरकारले आर्थिक वर्ष २०८०/०८१ वार्षिक नीति तथा कार्यक्रम र बजेटमै शिखर सम्मेलनलाई समेटेको छ । सम्मेलनका लागि लुम्बिनी विकास कोष, पर्यटन व्यवसायी र प्रदेश सरकारमातहतका विभिन्न कार्यालय र निकायसँग गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयको छलफल गरिसकेका छन् ।

शिखर सम्मेलनमा विभिन्न राष्ट्रका २० जना नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीसहित बालबालिका, शान्ति क्षेत्रका विज्ञ, सरकारी तथा गैरसरकारी अधिकारी र सरोकारवाला सहभागी हुने भएकाले प्रारम्भिक गृहकार्य अगाडि बढाइएको पाण्डेयले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार