‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

छठको दोस्रो दिन आज खरना गरिँदै

मिथिलाञ्चलमा छठका व्रतालुले शनिबार ‘खरना’ विधि गर्दैछन्। कार्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ बाट व्रत शुरू गरेका श्रद्धालुले शनिबार पञ्चमी तिथिमा गरिने खरना गर्न लागेका हुन्।

छठको दोस्रो दिन दिनभर उपवास बसेर साँझ चन्द्रदर्शन गर्ने विधि छ। यसपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाउने र व्रतालु तथा परिवारका सदस्यले प्रसाद खाने चलन छ।

व्रतको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर अपराह्न जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिन्छन्। यो विधिलाई ‘सझुका अरख’ भनिन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ। यसलाई ‘भोरका अरख’ भनिन्छ। यससँगै व्रत समाप्त हुन्छ।

छठमा श्रद्धा र निष्ठालाई महत्त्व दिइन्छ। अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको र पिसिएको पिठोबाटै तयार गरिन्छ। पर्वमा अर्घ्यदिने पवित्र जलाशयको सरसफाइ र श्रृंगारलाई पनि महत्त्व दिइन्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित