बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

रुपन्देहीमा देउसी भैलोको दक्षिणा ५०१ रुपैयाँ तोकियो

रुपन्देहीमा देउसीभैलो खेल्न आउनेलाई पाँच सय एक रुपैयाँभन्दा धेरै दक्षिणा नदिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आग्रह गरेको छ ।

तोकिएको भन्दा धेरै दक्षिणा दिएमा, जुवातास खेलेमा, पटका बेचबिखन र पड्काउने काम गरेमा कानुनअनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार देउसीभैलो राती १० बजेसम्म मात्रै खेल्न पाइने भएको छ । तिहारलाई मर्यादित, शान्तिपूर्ण र भयरहित बनाउनका लागि प्रशासनले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने निर्णय गरिएको उनले बताए ।

त्यस्तै तिहारका बेला हुने प्लास्टिकका फूलमालाको उत्पादन, आयात तथा बिक्री वितरणमा पनि रोक लगाएको जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार