‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

रुपन्देहीमा देउसी भैलोको दक्षिणा ५०१ रुपैयाँ तोकियो

रुपन्देहीमा देउसीभैलो खेल्न आउनेलाई पाँच सय एक रुपैयाँभन्दा धेरै दक्षिणा नदिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आग्रह गरेको छ ।

तोकिएको भन्दा धेरै दक्षिणा दिएमा, जुवातास खेलेमा, पटका बेचबिखन र पड्काउने काम गरेमा कानुनअनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार देउसीभैलो राती १० बजेसम्म मात्रै खेल्न पाइने भएको छ । तिहारलाई मर्यादित, शान्तिपूर्ण र भयरहित बनाउनका लागि प्रशासनले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने निर्णय गरिएको उनले बताए ।

त्यस्तै तिहारका बेला हुने प्लास्टिकका फूलमालाको उत्पादन, आयात तथा बिक्री वितरणमा पनि रोक लगाएको जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित