बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

रुपन्देहीमा देउसी भैलाे राति १० बजेसम्म खेल्न पाइने

बुटवल । रुपन्देहीमा देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ ।

चाडपर्वलाई मर्यादित, व्यवस्थित एवं शान्तिपूर्ण तरिकाले मनाउन चाडपर्वको अवसरमा देउसी, भैलो, नाचगान लगायतका मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू सम्बन्धित निकायको स्वीकृतिमा मात्र गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गर्दै आग्रह गरेको हो ।

यस्ता कार्यक्रमहरू रातको १० बजेसम्म मात्र गर्न आग्रह गर्दै सूचनाको बर्खिलाप हुने क्रियाकलापहरू प्रचलित कानुनको दायराभित्र आउने प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
 त्यस्तै पटका, आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोग तथा जुवातास खेल्ने कार्य कानुनतः पूर्ण रूपमा निषेधित रहेकाले यस्ता कार्य दण्डनीय हुने भएकाले नगर्न/नगराउन पनि प्रशासन कार्यालयको आग्रह छ ।
FB_IMG_1699688045267

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार