बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

एक्सपर्ट फाउन्डेसन द्वारा भूकम्प पीडितलाई ५ लाख बराबरको राहत सामग्री प्रदान

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले जाजरकोट र रुकुम (पश्चिम)का भूकम्पपीडितलाई राहत वितरण गरेको छ ।

एक्सपर्ट एजुकेशनको सामाजिक संस्था एक्सपर्ट फाउण्डेशनमार्फत भूकम्पपीडितलाई ५ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो ।

एक्सपर्ट फाउन्डेसनले रूकुम (पश्चिम)को अति प्रभावित आठविषकोट नगरपालिका वडा नम्वर १३ र १४ मा ४६२ थान कम्वल वितरण गरेको एक्सपर्ट फाउन्डेसनका अध्यक्ष राेशन क‌डेलले जानाकारी दिए ।

राहत सामग्री वितरणमा वडा नम्बर १४ का वडा अध्यक्ष हुकुम बहादुर पुन, नगरपालिकाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि तथा राजनैतिक दलहरूका प्रतिनिधिहरूको उपस्थिति थियो ।

राहत सामग्री वितरण गरेकोमा फाउण्डेशनलाई नगर प्रमुख रवि केसी र निमित्त प्रमुख कार्यकारी अधिकृत ईन्द्रबहादुर विष्टले धन्यवाद ज्ञापन गरेका थिए । उनीहरुले विपद्को बेलामा एक्सपर्टले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

एक्सपर्टले विभिन्न समयमा आइपर्ने विपद्मा सहयोग गर्दै आइरहेको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भूकम्पले सयौं परिवार घरबारविहीन बनेको अवस्थामा सानो सहयोग स्वरुप फाउण्डेशनमार्फत राहत सामग्री वितरण गरिएको बताए ।

राहत सामग्री लिएर एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिजेस नेपालका कन्ट्री म्यानेजर विकास ज्ञवाली रुकुम पश्चिम पुगेका थिए । उनले स्थानीय निकायलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका थिए । सो क्रममा बोल्दै ज्ञवालीले मानविय सङ्कटमा सहयोग गर्नु सबैको कर्तव्य रहेको बताए । उनले राहत सामग्री प्रदान गर्ने फाउन्डेसनका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरूमा धन्यवाद ज्ञापन गरे ।

एक्सपर्ट एजुकेशन तथा भिजा सर्भिसेजको गैरनाफामुलक सामाजिक संस्था एक्सपर्ट फाउन्डेसनले विपद्को घडीमा समस्यामा परेका नागरिकहरूलाई विभिन्न सहयोगहरू गर्दै आएको छ ।

यस संथाले सन् २०१५ को भूकम्पले क्षतिग्रस्त विद्यालयको पुननिर्माण, बाढी पीडितलाई राहत वितरण, कोभिडमा अक्सिजन कन्सनटेटर, स्यानिटाईजर र माक्स वितरण, कोभिडको समयमा सडक नागरिकलाई भोजन प्रदान र रक्तदान जस्ता सामाजिक कार्यहरू गर्दै आएको छ । एक्सपर्ट फाउन्डेसन अष्ट्रेलियामा पनि क्रियाशिल रहेको छ । यस सस्थाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई कोभिडमा राहत कुपन वितरण गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार