बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

बुटवलमा ३ दिने दीपावली महोत्सव सुरु

बुटवल । बुटवलमा दीपावली महोत्सव सुरु भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा शनिबारदेखि तीन दिने ‘दीपावली महोत्सव–२०८०, बुटवल’ सुरु भएको हो ।

दीपावली महोत्सवको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । त्यस अवसरमा बाेल्दै नगरप्रमुख पाण्डेयले बुटवलकाे विकास सबैकाे साझा विषय रहेकाे बताउदै नगरपालिकाले सबैसंग सहकार्य गर्ने बताए । उनले हिजाे चलनचल्तीमा हुँदै आएकाे व्यापार व्यवसायलाई आधुनिक परिवेश अनुसार परिमार्जित गरेर अगाडि बढ्न सुझाव दिए ।

कार्यक्रममा संघका अध्यक्ष हरीप्रसाद अर्यालले बुटवलकाे खस्किदाे व्यापारलाई उठाउनकाे लागि बुटवलकाे मुख्य बजार अमरपथ क्षेत्रमा दीपावली महाेत्सव आयाेजना गरिएकाे र यसमा साथ सहयाेग गर्नकाे लागि आग्रह गर्दै सहभागिताकाे लागि पनि अनुराेध गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीपावली महाेत्सव मात्रै नभएर देउसी भैलाे लगायतका सांस्कृतिक कार्यक्रमलाई माैलिक बनाउन र भड्कीलाे नगराउन आग्रह गरे ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष जीवनप्रसाद वझा, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष डिल्ली भण्डारी, अमरपथ टाेल विकास संस्थाका अध्यक्ष रामबहादुर रणपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दीपावली महोत्सवमा बुटवल उपमहानगरपालिका संरक्षक र बुटवलका वडा नं. ४, ५ र ६ प्रवर्द्धकको रुपमा रहेका छन् । तीन दिनसम्म सञ्चालन गरिने दीपावली महोत्सव अवधिभर विशेष छुटमा सामानको विक्रि वितरण, नेपाली मौलिक तथा सांस्कृतिक खानाका परिकार र विविध सांस्कृतिक प्रस्तुती समेत रहने मेला महोत्सवका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले जानकारी गराए ।

बुटवल उद्योग वाणिज्य संघले पहिलो पटक सञ्चालन गरेको दीपावली महोत्सव महेन्द्रपार्क देखि काठेपुलसम्म (अमरपथ लाईन) र नेपालगञ्ज रोडको कार्की मिनीमार्केट देखि ट्राफिकचोकसम्म सञ्चालन गरिएको छ । बुटवलको खस्किदो व्यापारलाई प्रवद्र्धन गर्न र आर्थिक गतिबिधिलाई थप चलायमान गराउनको लागि दीपावली महोत्सव गरिएको संघका महासचिव मुक्ति अधिकारीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार