बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

लुम्बिनी प्रदेशमा भागवण्डा गरी अस्पताल विकास समिति अध्यक्ष नियुक्त

लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेको छ। राजनीतिक भागबन्डाको आधारमा अध्यक्ष नियुक्त गरिएको हो । सत्तारूढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरूको भागबन्डामा सरकारले अस्पताल विकास समिति अध्यक्ष मनोनयन गरेको हो।

१३ वटा अस्पतालमध्ये माओवादीले ४ र बाँकी अस्पताल कांग्रेसलगायत अन्य साना दललाई अध्यक्ष दिइएको छ। दाङको राप्ती प्रादेशिक, नवलपरासीको परासी, पाल्पा, रुकुम पूर्वको अस्पतालको अध्यक्षमा माओवादी केन्द्र र बाँकी अस्पताल विकास समितिको अध्यक्षमा कांग्रेसलगायत अन्य दलका व्यक्तिलाई अध्यक्ष बनाइएको छ।

अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली, २०८० को नियम ३ को उपनियम९१० को खण्ड९क० बमोजिम स्वास्थ्य मन्त्रालको कार्तिक २३ गते कार्यवाहक मुख्यमन्त्री तथा अर्थमन्त्री स्तरको बैठकले अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको छ। नियुक्तिबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्वन्धित अस्पताललाई बोधार्थ पठाईएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवनप्रसाद श्रेष्ठ, प्यूठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्यामकान्त खनाल, अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा मनोनित गरिएको छ।

यस्तै, कपिलबस्तु अस्पतालमा शिवलाल यादव, भिम अस्पताल भैरहवामा डा। अनन्त कुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुमपूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजनलाई नियुक्त गरेको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अध्यक्षमा दिपक शाहलाई नियुक्त गरिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार