रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले ३० औं वार्षिक साधारण सभा मनायो

  • `
  • पाल्पा । पाल्पा जिल्लाकै पुरानो र ठुलो दुग्ध सहकारीको पहिचान बनाएको तिनाउ गाउँपालिका ६ डुम्रेमा केन्द्रिय कार्यालय रहेको डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले आफ्नो ३० औं वार्षिक साधरण सभा मनाएको छ ।

    साधरण सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले कृषकको भरपर्दो सारथी नै सहकारी भएकोले कृषि र कृषको रुपान्त्रण सहितको समृद्धिको लागि सहकारी प्रमुख माध्यम बनेको बताए।

    पछिल्लो समय केही सहकारीले सम्रग सहकारीको बदनाम गर्ने काम गरेको भन्दै त्यस्ता सहकारीको नियमनमा राज्यका संयन्त्र परिचालन भैसकेको बताए ।

    डुम्रे दुग्ध सहकारीले पश्चिम पाल्पा सहित जिल्लामै कृषकको मर्म अनुरुपको हितकारी निति र कार्यक्रम मार्फत समृद्ध कृषक उत्पादनमा महत्वपुर्ण भुमिका खेलेको बताए । साथै उनले तीन तहकै समन्वय र लगानीमा कृषकको उत्पादनको उचित मुल्य सहितको बजारीकरण अबको आवश्यकता भएकोले त्यो खाँचोलाई परिपुर्ति गर्न जुट्नुपर्ने आवश्यकता रहेको बताए ।

    यस्तै कार्यक्रमका विशिष्ट अतिथि तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतले पालिका भित्रका सहकारीलाई लक्षित गरि दुई खालको निति तथा कार्यक्रम तर्जुमा गर्ने तयारीमा पालिका रहेको बताए ।

    तिनाउको जेठो र नमुना सहकारी डुम्रे नै रहेकोले यसले पालिकाको सम्रग कृषि र पशुपालन क्षेत्रमा भविष्य खोजेका कृषकलाई सहयोग पुगेको बताए ।

    यस्तै तिनाउ गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष टोम बहादुर पुनले सहकारीलाई अब प्राविधिसँग जोड्न सके सदस्यले सुविधा पाउने बताउर्दै सहकारीले कृषको जिवनस्तर उकास्न महत्वपूर्ण भुमिका खेलेको बताए ।

    कार्यक्रममा भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गा प्रसाद खनाल, दुग्ध उत्पादक संघ पाल्पाका संयोजक एवं सहकारीमा पूर्व अध्यक्ष रामजी घिमिरे, नवयुग कृषि सहकारी तानसेन ७ का अध्यक्ष महेश्वर पन्त, पशुपालक कृषक सिता कार्की लगायतले डुम्रे सहकारीले अन्य सहकारीको लागि पनि एउटा अध्ययन र सिकाई केन्द्रको रुपमा विकास भएको भन्दै वास्तविक कृषकको लागि सहकारीले उपलब्ध गराएको सेवाले कृषकलाई कृषि र पशुपालनमा टिकाउन सहयोगी भुमिका खेल्दै आएको बताए ।

    साथै उनीहरुले सहकारीले ल्याएको नयाँ निति र प्रस्तावित कार्यक्रम कार्यान्वयन भएको खण्डमा कृषकलाई अझ फाइदा पुग्नेमा विश्वास व्यक्त गरे ।

    २०५१ साल २ २२ गतेबाट सेवा सुरु गरेको सहकारीले लुम्बिनी प्रदेश सरकारको सहयोगमा बनेको आफ्नै सुविधा सम्पन्न साढे दुई तले भवनबाट कृषकलाई सहकारी अभियान मार्फत सेवासुविधा दिर्दै आएको छ ।

    जिल्लाका तीन गाउँपालिका रिब्दीकोट,रैनादेवी छहरा,तिनाउ र तानसेन नगरपालिकका ५ सय बढी कृषकको दैनिक दुध संकलन गरि बजार पु¥याउँदै आएको सहकारीमा ३ सय ५८ जना शेयर सदस्या जोडिएका छन ।

    जिल्लामै मात्र नभएर प्रदेशमै नमुना सहकारीको रुपमा कार्यसम्पादन गर्न यस सहकारीले आफ्नो ३० वर्षीक साधारण सभाको अवसरमा सहकारीका अध्यक्ष दुर्गा बहादुर खाड ठकुरीले संस्थाको वार्षीक प्रतिवेदन सहित आगामी वर्षको लागि निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
    सहकारीलाई देशभरकै उत्कृष्ट सहकारी बनाउने अभियान अनुरुप सहकारीमा आबद्ध सदस्यको उत्थान र हितको लागि सहकारी मैत्री विभिन्न कार्यक्रम र निति निर्माण गरिएको अध्यक्ष ठकुरीले बताए ।

    संस्थामा आवद्ध सदस्यका पशुको बिमा शुल्क सहकारीले भुक्तानी गरिदिने, कृषकले खरिद गर्ने गाई,भैंसी र दाना, भिटामिनको ढुवानीमा शतप्रतिशत अनुदान दिने,संस्थाको पशुप्राविधिकबाट पशुको उपचार र कृत्रिम गर्भाधान गराउँदा १५ प्रतिशत सहुलियत, आगामी वर्ष देखि बोयलर सहितको प्लान्ट जडान गरि दुधको प्रशोधन र विविधिकरण गरि दुधमा हुने होडीलेको अन्तय गरिने, संस्थाको व्यवसाय वृद्धि गर्न बंगुर फर्म संञ्चालन गरिने, कृषकलाई पशुपालनसँगै तरकारी खेतिमा प्रोत्साहान गरि उत्पादीत तरकारीलाई बुटवलको हाटबजारमा बिक्रि वितरण गर्ने लगायतको कार्यक्रम परित गरिएको सहकारीका व्यवस्थापक गोपाल जिसीले बताए ।

    सहकारीका लेखा सुपरिर्वेक्षण संयोजक घन बहादुर कार्कीले आर्थिक वर्ष २०८०÷८१ को ३० करोड ७ लाख २४ हजार बराबरको वार्षिक आयव्यय विवरण पेस गरेका थिए भने सहकारीको ०७९÷८० को २ करोड ८८ लाख ९९ हजार ६ सय ५४ रुपैयाको आम्दनी खर्चको विवरण समेत प्रस्तुत गरेका थिए । साथै उनले संस्थाका सबल र सुधार गर्नुपर्ने पक्षको लिखित प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।

    कार्यक्रमको सहजीकरण सहकारीका सचिव एवं सञ्चालक समिति सदस्य यम बहादुर खत्रीले गरेका थिए भने सहकारीका उपाध्यक्ष शंकर प्रसाद भण्डारीले स्वागत गरेका थिए ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार