‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

गुल्मीका पराजुलीको सडक दुर्घटनामा मृत्यु, परिवारको बिचल्ली

गुल्मी । सबैको घरमा दशै भित्रिदैँ थियो । देश विदेशमा रहेका मानिसहरु घर फर्किदै थिए । तर गुल्मी अर्जैका देविराम पराजुली भने घरबाट भारततिर हिँडे गत असोज २८ गते । छ महिना अघि भारतमै सडक दुर्घटनामा परि बचेर घर फर्किएका उनी त्यहाँको एक अस्पतालले चलाएको औषधि लिन फेरि भारत गएका थिए र औषधि लिएर दशै मान्न घर आउछु भनेर परिवारलाई बताएका थिए । तर कार्तिक ४ गते फुलपातिको दिन उनी उत्तर प्रदेशको मथुरा स्थित सडक दुर्घटनामा मृत्यु भयो भन्ने खबरले पराजुली परिबारको दशैँ दशामा परिणत हुन पुग्यो ।

४० वर्षिय पराजुलीलाई हिडिरहेको अबस्थामा गाडिले किचेर मृत्यु भएको तस्वीर हामीलाई पनि त्यहाँ बाट पठाईयो । जुन हेरिसाध्य थिएन । घाजैघाजा टाउको र बेहाल शरिर थियो । घरबास समेत नभएको त्यो परिवारमा ठुलो विचल्लि आई लाग्यो । श्रीमति लक्ष्मि पराजुली १२ वर्षिय जेठा छोरा मनिष सहित चार सन्तान घरमा छ्न ।

मालिका गाउँपालिका ६ मा पर्दछ अर्जै गाउँ । सोहि गाउँका कलाकार सन्तोष केसि र सोहि गाउँ पुर्खेयौलि घर भई बुटवल गोलपार्कमा घर हुने चन्द्र पराजुली बिच छ्लफल भयो र त्यो परिवारको उद्दारका लागि सहयोग संकलन अभियान सुरु गर्ने निर्णय भयो । नभन्दै शुक्रवार मृत्युको २० दिनसम्म आई पुग्दा चन्द्र पराजुलीको नेतृत्वमा ३ लाख १२ लाख संकल भई परिवारजनलाई तम्घास बोलाएर पराजुलीले हस्तान्तरण गरिएको छ ।

सहयोगदाता प्रति मृतककि श्रीमति , आमा दुर्पति पराजुली र छोरा मनिषले कृतज्ञताको मुद्रमा सहयोग ग्रहण गरेका थिए । मृतकका चार सन्तानलाई बिन्दबासिनि फाउन्डेसनले अर्जै माविमा एसईई सम्म निशुल्क पढाई दिने घोषणा गरेको छ । संकलनकर्ता चन्द्र पराजुलीले त्यो परिवारको घर बनाई दिन सहयोग अभियान सुरु गरेको बताउँदै सहयोगदातालाई धन्यवाद दिदै थप सहयोगदातासँग सहयोगको अपिल गरेका छ्न् । उनका अनुसार अमेरिकामा रहेका अशोक ज्ञवालिले १५ हजार १११ सबै भन्दा बढि सहयोग गरेका छ्न् ।

सोहि स्थानमा रहेका चन्द्र पराजुलीले १२ हजार ५ सय सहयोग गरेका छ्न् । सन्तोष केसी , भागिरथ भण्डारीले १०/१० हजार सहयोग गरेका छ्न । नरदेव भण्डारीले ७ हजार, कृष्ण पराजुली , चन्द्र पराजुली , शेर बहादुर पराजुली , भिम बहादुर भण्डारी र बिनोद अर्याल जैसिले ५/५ हजार सहयोग गरेका छ्न् । त्यो भन्दा तल सहयोग गर्नेहरू १०६ जना रहेका छ्न् ।

ग्लोबल आवाज बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित