रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

बुटवल पब्लिक स्कुल द्वारा तिहार र छर्ठ पर्वको अवसरमा शुभकामना आद्रानप्रदान

बुटवल । बुटवल पब्लिक स्कुल, तिलोत्तमा–०३ रुपन्देहीले शुभ दिपावली एवं छठ पर्वको अबसरमा शुभकामना आद्रानप्रदान एवं बिबिध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यालयका अध्यक्ष हेमलाल शर्माको अध्यक्षता तथा शिक्षा समन्वय ईकाई भैरहवाका प्रमुख माधव बञ्जाडेको प्रमुख आतिथ्यतामा शुभ दिपावली एवं छठ पर्वको अबसरमा शुभकामना आद्रानप्रदान एवं बिबिध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बञ्जाडेले बिद्यालयले गर्ने पर्व बिशेष सांस्कृतिक गतिविधिले नेपाली परम्पराको जगेर्ना र प्रबर्द्धनमा टेवा पुग्ने बताए । उनले कितावी ज्ञान भन्दा पनि संस्कार सिकाईले बिद्यार्थीमा नयाँ उर्जा थपिने बताए ।

‘हामीले कितावको ज्ञान मात्र बाड्ने हैन । हाम्रा नेपालीका परम्परा, चाडपर्वको महत्व बुझाउनु पनि सिकाई हो । त्यो सिकाई विद्यालयले गरेकोमा धन्यवाद दिन चाहन्छु । विद्यालयमा गरिने यस्ता कार्यक्रमले सांस्कृतिको जर्गेनामा महत्वपूर्ण भुमिका खेल्दछ’ उनले भने ।

बिद्यालयका अध्यक्ष हेमलाल शर्माले नेपाली चाडपर्व लक्षित कार्यक्रम बिद्यालयले निरन्तर गर्दै आएको बताए ।

‘हामीले प्रयोगात्मक शिक्षामा जोड दिएका छौ । संस्कार सहितको शिक्षा प्रदान गरेका छौ । दशैं, तिहार, छर्ठ मात्र होईन, नेपालीका हरेक चाडपर्वको महत्व के हो भनि विद्यार्थीलाई बुझाउन निरन्तर कार्यक्रम गर्दै आएको छौ । यसप्रति अभिभावक पनि खुसी हुनुहुन्छ’ उनले भने ।

उक्त कार्यक्रममा स्कुलकि निर्देशक एवं मिरा कोषकी संरक्षक मिरा शर्मा, बिद्यालयका सह प्राचार्य रामचन्द्र पौडेल लगाएतले बोल्दै पछिल्लो समय चाडपर्वमा देखिएको विकृती रोक्न विद्यालय तहमा पनि संस्कार सहितको शिक्षा आवश्यकता रहेको बताएका थिए ।

सोही कार्यक्रममा नृत्य प्रशिक्षक मुकेश गुरुङलाई विद्यालयका अध्यक्ष शर्मा र प्रमुख अतिथि बञ्जाडेले सम्मान गरेका थिए ।
स्कुलका शिक्षा बिभाग प्रमुख सुर्य केसीको स्वागतमा भएको कार्यक्रमको सञ्चालन कक्षा ९ कि छात्रा श्रृषा न्यौपाने गरेकि थिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित