रुपन्देहीमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा आमा र बहिनीसहित घुम्न कश्मिर गएका थिए सुदीप, शव आजै ल्याउने तयारी रात्रीकालिन भलिबल: खेलप्रेमीहरु माझ छुट्टै रौनक दानव नदीमा बेपत्ता तीनैजना बालकको शव फेला पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो दानव नदीमा बेपत्ता थप २ बालकको शव फेला रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता रास्वपाका लुम्बिनी प्रदेश सभापति पाठक राजतन्त्रकै पक्षमा उभिएका हुन् ? पर्यटकको रोजाइमा ‘स्वर्ग जाने बाटो’ भनिने विचित्र गुफा बुटवलमा गोली प्रहारबाट घाइते युवतीको अवस्था स्थिर, चितवनमा उपचार हुँदै                
समाचार :

आज देखि यमपञ्चक सुरु, आज धनतेरस मनाइँदै

हिन्दु नेपालीहरुको अर्को ठूलो पर्व तिहार (दीपावली) पनि नजिकिएको छ। आज (शुक्रबार)देखि यमपञ्चक सुरु भएको छ। यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ।

दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ। आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ। विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ।

घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन्। मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ।

सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ। पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड रहन्छ। आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित