बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

तिलोत्तमा उद्योग वाणिज्य सङ्घले मंसिर १ गते देखि मेला आयोजाना गर्ने 

तिलोत्तमा । तिलोत्तमा  उद्योग वाणिज्य सङ्घ रुपन्देहीको  आयोजनामा आगामी मंसिर  १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा  कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० ’ हुने भएको छ ।
`सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार´ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुनेछ ।
प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुने तिलोत्तमा  उद्योग  सङ्घले जनाएको छ ।
 प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान हुने  विश्वास गरिएको मेला मुल आयोजक समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भन्डारी(माधव)ले बताए ।
मेला तथा महोत्सवका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवर्द्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, गोष्ठी र अन्तक्रिया रहने अध्यक्ष भन्डारीले बताए ।
मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहने छन् ।
मेला तथा महोत्सवलाइ  मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता,  प्रदर्शनी आइडल आदि प्रतियोगिताहरु रहने जनाइएको छ ।
मेला संचालनका संघका अध्यक्ष गुणनिधी भन्डारी  (माधव) को  संयोजकत्वमा ५५५ सदस्यीय मुल समिति, सल्लाहाकार समिति र  विभिन्न उपसमिति गठन गरिएको छ । तिलोत्तमा-५ मणिग्राममा संचालन हुने महोत्सवकालागी प्रदर्शनी स्थलमा सचिवालय निर्माणको  काम अन्तिम चरणमा पुगेको छ भने स्टल, गेट तथा अन्य निर्माणको काम भैरहेको छ ।
मेला सफलता पुर्वक संचालन गर्न मेला मुल आयोजक समितिले  यश क्षेत्रका राजनीतिक दल, संघसंस्था, उद्योगी, व्यवसायी, क्लव, आमा समूह, टोल बिकास सस्था, बिद्यालय, सुरक्षा निकाय लगायत संग छलफल तथा सुझाब सकलन गर्ने कार्य गरिरहेको र मेला सम्पन्न गर्न  संघका महासचिव राजकुमार पान्डेले बताए ।
मेला सम्पन्न गर्न सरकारका विभिन्न निकायहरु, राजनीतिक दल, संघसंस्था, सुरक्षा निकाय, उद्योगी, व्यवसायी, संचारकर्मी, समाजसेवी एवं आमनागरिकहरुको पूर्ण साथ र सहयोग प्राप्त हुनेमा  संघले बिश्वास लिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार