बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

बिना प्रमाण डाक्टहरुको बदनाम भन्दै चिकित्सक संघ लुम्बिनीको आपत्ती

भैरहवाको युनिभर्सल मेडिकल कलेजमा अप्रेशनपछि मृत्यु भएकी सावीत्रा खनालको विषयमा डाक्टहरुको बदनाम भन्दै नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले आपत्ती जनाएको छ ।

नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डाक्टर इन्द्र ढकाल र महासचिव डाक्टर सन्तोष पोखरेलले बुधबार संयुक्त रुपमा विज्ञप्ती जारी गरी विभिन्न सामाजिक सञ्जाल र पत्र पत्रिकाहरुमा डाक्टरहरुको बदनाम गराउने काम भएको बताएका छन् ।

विना प्रमाण लापरवाहीको संज्ञा दिने र उपचारमा संलग्न डाक्टर र डाक्टरहरुको परिवारलाई धम्की दिने जस्ता घटनाप्रति चिकित्सक संघ लुम्बिनी शाखाको ध्यानाकर्ष भएको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बच्चा जन्माउने अप्रेशन पश्चात विभिन्न समस्या आएर सावित्रा खनालको मृत्यु भएपछि डाक्टरहरुको बदनाम गराउने काम भएको भन्दै चिकित्सक संघ लुम्बिनी शाखाले आपत्ती जनाएको छ । उपचारमा चित्र नबुझे कानुनी बटोको व्यवस्था हुंदा हुंदै डाक्टरहरुको बदनाम गराउने संस्कारको विकास हुनु ज्यादै निन्दनीय भएकोसमेत विज्ञप्तमिा उल्लेख छ ।

नेपाल चिकित्सक संघ लुम्बिनी शाखा अध्यक्ष डाक्टर इन्द्र ढकाल र महासचिव डाक्टर सन्तोष पोखरेलले सदस्यहरुको हक हित र सुरक्षाका लागि नेपाल चिकित्सक संघले कानुनी बाटो अवलम्ब गर्ने चेतावनी दिएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार