‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बिना प्रमाण डाक्टहरुको बदनाम भन्दै चिकित्सक संघ लुम्बिनीको आपत्ती

भैरहवाको युनिभर्सल मेडिकल कलेजमा अप्रेशनपछि मृत्यु भएकी सावीत्रा खनालको विषयमा डाक्टहरुको बदनाम भन्दै नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले आपत्ती जनाएको छ ।

नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डाक्टर इन्द्र ढकाल र महासचिव डाक्टर सन्तोष पोखरेलले बुधबार संयुक्त रुपमा विज्ञप्ती जारी गरी विभिन्न सामाजिक सञ्जाल र पत्र पत्रिकाहरुमा डाक्टरहरुको बदनाम गराउने काम भएको बताएका छन् ।

विना प्रमाण लापरवाहीको संज्ञा दिने र उपचारमा संलग्न डाक्टर र डाक्टरहरुको परिवारलाई धम्की दिने जस्ता घटनाप्रति चिकित्सक संघ लुम्बिनी शाखाको ध्यानाकर्ष भएको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बच्चा जन्माउने अप्रेशन पश्चात विभिन्न समस्या आएर सावित्रा खनालको मृत्यु भएपछि डाक्टरहरुको बदनाम गराउने काम भएको भन्दै चिकित्सक संघ लुम्बिनी शाखाले आपत्ती जनाएको छ । उपचारमा चित्र नबुझे कानुनी बटोको व्यवस्था हुंदा हुंदै डाक्टरहरुको बदनाम गराउने संस्कारको विकास हुनु ज्यादै निन्दनीय भएकोसमेत विज्ञप्तमिा उल्लेख छ ।

नेपाल चिकित्सक संघ लुम्बिनी शाखा अध्यक्ष डाक्टर इन्द्र ढकाल र महासचिव डाक्टर सन्तोष पोखरेलले सदस्यहरुको हक हित र सुरक्षाका लागि नेपाल चिकित्सक संघले कानुनी बाटो अवलम्ब गर्ने चेतावनी दिएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित