‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

राहत लिएर सांसद घिमिरे र गाउँपालिका अध्यक्ष पौडेल जाजरकोटमा

रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल भूकम्प पीडितहरुको लागि राहत लिएर जाजरकोट पुगेका छन । कार्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामिडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पबाट पीडितहरुको लागि राहत सामग्री लिएर सांसद घिमिरे र गाउँपालिका अध्यक्ष पौडेल भूकम्प प्रभावित क्षेत्र पुगेका हुन ।

भूकम्प भएको भोलिपल्ट नैं त्यसतर्फ प्रस्थान गरेका सांसद घिमिरे र गाउँपालिका अध्यक्ष पौडेलले कार्तिक १९ गते भूकम्प पीडितको लागि राहतको लागि चामल, चिउरा, खानेतेल, चाउचाउ, सोयाबिन, दालमोट लगायतका विभिन्न खाद्य सामग्री प्रदान गरे । एकद्धार प्रणालीमार्फत् राहत प्रदान गर्ने नीतिअनुसार जाजरकोट जिल्ला प्रशासन कार्यालयमा राहत सामग्री हस्तान्तरण गरिएको सांसद घिमिरेले जानकारी दिए।

सांसद घिमिरेले आफ्नो तर्फबाट र गाउँपालिका अध्यक्ष पौडेलले पालिकाको तर्फबाट भूकम्प पीडितलाई राहत प्रदान गरेका छन् ।  गाउँपालिका अध्यक्ष पौडेलले रुकुम पश्चिमका भूकम्प पीडितलाई समेत राहत प्रदान गरिने जानकारी दिए । पीडितलाई तत्काल खाद्य सहितका राहत सामग्री आवश्यक पर्ने भएकोले भूकम्प गएकैं भोलिपल्ट भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेर राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष पौडेलले बताए ।

यस्तै उनीहरुले सरकारी अधिकारी र स्थानीय जनप्रतिनिधिहरुसँग भूकम्पबाट भएको क्षति, उद्धार र राहत वितरणको बारेमा जानकारी समेत लिएका छन । साथैं उनीहरुले भूकम्प प्रभावित क्षेत्रहरुको समेत स्थलगत अवलोकन समेत गरेका छन । स्थलगत अवलोकनपछि सांसद घिमिरेले अब भूकम्प पीडितलाई राहत र पुननिर्माणको आवश्यकता बढी रहेको महशुस भएको बताए। घाइतेहरुको उपचारमा खास समस्या रहेको नपाइएको बताउँदै सांसद घिमिरेले अब सबैको ध्यान भूकम्प पीडितको पुनःस्थापनामा केन्द्रीत हुनुपर्नेमा जोड दिए। राहत वितरण प्रणाली एकद्धार प्रणालीबाट गरिनु सकारात्मक रहेको उनको भनाइ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित