कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

मदिरा व्यवसायी संघ भैरहवा द्वारा राहत वितरण

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले आफ्नो स्थापना दिवसको अवसरमा राहत वितरण गरेको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा राहत वितरण गरिएको कार्यक्रम संयोजक तथा संघका महासचिव केशव कुँवरले बताए ।

विगतमा पनि यो बाल गृहमा राहत वितरण गरिएको मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले बताए । उनले बालगृहमा इन्भटरको आवश्यकता भएको जानकारी पाएपछि राहतस्वरुप प्रदान गरिएको बताए । उनले भने, ‘बालगृहमा रहेका विद्यार्थीहरुलाई इन्भटरले विद्युत कटौती भएको समयमा पनि पठनपाठन कार्यमा सहयोग पुग्छ । वार्षिक कार्यक्रम अन्तर्गत नै राहत वितरण गरिएको हो । ’ संघले वार्षिक २५–२६ वटा कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले तेस्रो वर्ष पूरा गरी चौथो वर्ष पूरा गरेको मदिरा व्यवसायी संघ भैरहवाले उदाहरणीय कार्य र समाजमा क्रियाशिल संस्थाको रुपमा स्थापित भएको बताए । उनले भविष्यमा पनि यो संस्थाले यस्तै काम गर्दै जाने बताए । मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार समेत रहेका श्रेष्ठले सिद्धार्थ बाल गृहको भवन निर्माणका लागि आफ्नोतर्फबाट पहल थाल्ने बताए ।

विशिष्ट अतिथि नेपाल मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शम्भु भट्टराईले संस्थाले आगामी दिनमा पनि यस्तै राम्रा कामलाई निरन्तरता दिदै जाने विश्वास व्यक्त गरे ।

मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिम बहादुर खत्रीले संघले विभिन्न सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

सिद्धार्थ बाल गृहकी सञ्चालक कृष्णमाया गुरुङले बाल गृह सञ्चालनका लागि आफ्नै भवन आवश्यक रहेको बताइन् । उनले समयसमयमा यहाँका संघ–संस्थाले बाल गृहलाई सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरिन् ।

मदिरा व्यवसायी संघ भैरहवाका वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेले संघले आगामी दिनमा पनि बालगृहलाई सहयोग गर्ने बताए ।

मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीको अध्यक्षता तथा कार्यक्रम संयोजक एवं महासचिव केशव कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

वि.सं. २०७७ सालमा स्थापना भएको यो संस्था विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको मदिरा व्यवसायी संघ भैरहवाका उपाध्यक्ष भागिरथ पाण्डेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित