३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

सियारी ४ मा सुबिधा सम्पन्न वडा कार्यालय बन्दै

भैरहवा । रुपन्देहिको सियारी गाउँपालिका वडा नम्बर ४ को नयाँ वडा कार्यालय बन्ने भएको छ ।

२०८१ बैशाख मसान्त भित्र सम्पन्न गरिसक्ने वडा कार्यालयको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले सिलन्यास गरेका छन् ।

१ करोड १७ लाख लागतमा निर्माण हुने भवन सुबिधा सम्पन्न र स्मार्ट वडा कार्यालय बन्ने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

कार्यालय भित्रबाट सम्पुर्ण प्रशाशनिक काम हुनुका साथै वडा अध्यक्ष सहित वडा सदस्यहरुका लागि कक्षको व्यवस्थापन हुने गरी भवन निर्माण गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

बजेटको सुनिष्चितता गरेर भवन निर्माणको कामलाई अगाडि बढाईएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

उक्त कार्यालयबाट वडा कार्यालयले प्रवाह गर्ने कार्यसंगै हुलाक सेवा पनि सुचारु हुने पालिकाका प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए ।

भवन निर्माणको जिम्मा मिना निर्माण सेवाले पाएको छ । भवनलाई सम्झौता मिति भित्रै सक्ने गरी निर्देशन दिएको वडा अध्यक्ष श्रीराम यादवले जानकारी दिए ।

सियारी ४ मा अहिले स्वास्थ्य सस्थाको भवनबाट सेवा प्रभाव गर्दै आईएको यादवले जानकारी दिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित