‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग गर्दै आन्दोलन

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ । सोमवार भैरहवामा पत्रकार सम्मेलनको गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनीक गरेको हो ।

सञ्जालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि लिएर विमानस्थलको आन्तरिक उडान रोक्ने र सीमा नाका बेलहिया अनिश्चितकालका लागि बन्द गर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।

विमानस्थल नियमित सञ्चालन गर्नका लागि पटक–पटक सचेत गराउँदा पनि सरकार मौन रहेकाले आफूहरूले सरकारसँग अन्तिम लडाइँका लागि आन्दोलन गर्नु परेको सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले बताए । ‘हामीले अरु विरोध गरेका होइनांै, सरकारकै अर्बौंको लगानी रहेको विमानस्थल नियमित सञ्चालन गर्नु पर्यो भन्ने मात्र माग हो,’ ज्ञवालीले भने ।

सञ्जालले कार्तिक १४ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, १५ गतेदेखि विभिन्न क्षेत्रका संघसंस्था, ट्राभल्स, एयरलायन्स लगायतलाई पत्राचार गर्ने, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नगरपालिका गाउँपालिका लगायतका सरकारी निकाय तथा जनप्रतिनिधिहरूलाई भेटेर ऐक्यबद्धताका लागि आग्रह गर्ने रहेका छन् ।

त्यसैगरी आन्तरिक उडान रोक्नका लागि विभिन्न एजेन्सीहरूलाई टिकट नकाटी आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गर्ने, नियमित उडानको माग गर्दै भैरहवामा सभा गर्ने रहेका छन् ।

त्यसैगरी दुईदिन विमानस्थलको गेटअगाडि धर्ना दिने र त्यति गर्दा पनि सरकार मौन रहे मंसिर २० गतेपछि आन्तरिक उडान अनिश्चितकालसम्म रोक्ने चेतवनी दिइएको छ । यसका लागि विमानस्थलअगाडि गेटमा धर्ना दिने र सीमा नाका बेलहियासमेत ठप्प पार्ने गरी आन्दोेलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

सरकारले विमानस्थल निमार्णमा अरबौं लगानी गरेपछि रुपन्देहीका पर्यटन व्यवसायीहरूले पनि सरकारले भन्दा बढी पर्यटन क्षेत्रमा लगानी गरेको बताउँदै आएका छन् । अहिले विमानस्थल नचल्दा व्यवसायीको अर्बौं लगानी डुब्ने अवस्थामा आएको आन्दोलनका संयोजक चन्द्र प्रकाश श्रेष्ठले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित