३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

दीपावली सहकारी १४ औं साधारणसभा सम्पन्न

बुटवल । बुटवल–११ स्थित दीपावली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष चण्डीप्रसाद न्यौपानेको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै नगर प्रमुख खेलराज पाण्डेले बचतकर्तालाई वित्तीय साक्षरता प्रदान गर्दै सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

उनले पछिल्लो समय सहकारीमा देखिएको विचलनबाट टाढै रहेर दीपावलीले बलियो सहकारीको रूपमा आफ्नो पहिचान दिन सफल भएको भन्दै खुसी व्यक्त गरे । अर्थतन्त्र चलायमान बनाउन सहकारीको ठूलो भूमिका रहेको मेयर पाण्डेको भनाइ छ ।

सहकारीका अध्यक्ष चण्डीप्रसाद न्यौपानेले छरिएर रहेको पूँजीलाई उपयोग गरी समाजको आर्थिक उन्नतिमा सहकारीले लगानी गरिएको जानकारी दिए ।

बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले आर्थिक जीवनस्तर उकास्दै सहकारी सिद्धान्तमा आधारित रही गतिशील, पारदर्शी, सबल एवं दिगो वित्तीय संस्था रूपमा दीपावली दरिएको बताए । २०६६ सालमा स्थापना भएको सहकारीमा १ हजार १६६ शेयर सदस्य रहेको सहकारीका सल्लाहकार लोकराज शर्माले जानकारी दिए ।

सहकारीको शेयर पूँजी २ करोड ५१ लाख ६५ हजार रहेको छ । सहकारीले ऋण लगानी १९ करोड ७४ लाख १६ गरेको छ ।

कार्यक्रममा सल्लाहकार कमल नेपाल, लेखा समिति संयोजक भरत पाठक, जेष्ठ शेयर सदस्य तथा साहित्यकार जंगबहादुर शाह, कमल नेपाल लगायतले बोलेका थिए । सहकारीका उपाध्यक्ष हिमलाल न्यौपानेको स्वागत तथा सचिव माया बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित