रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

मोहम्मद डे : अपाङ्ग आश्रमका अपाङ्गहरुलाइ खाद्यान्न वितरण

वुटवलमा रहेको रजा-ए-मुस्तफा जामे मस्जिद समितिको आयोजनामा नेपाल अपाङ्ग आश्रमका अपाङ्गहरुलाइ खाद्यान्न वितरण गरिएको छ । ईस्लाम धर्मावलम्बीहरुका आस्थाका धरोहर हजरत मुहम्मद मुस्तफाको १४९८ औं जन्मोत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

मानवता एवं भावनात्मक हिसाबले आश्रममा रहेका त्यस्ता अपाङ्गहरुको मनोबलमा सकारात्मक प्रभाव परोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष हाजी मोहम्मद ईस्माईलले बताएका हुन।

नेपाल अपांग आश्रमका संचालक  डोलबहादुर थापाको प्रमुख आतिथ्यतामा सप्पन्न उक्त कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष हाजी मोहम्मद ईस्माईल अलिले गरेका थिए ।

कार्यक्रममा मस्जिद समितिका बरिस्ठ उपाध्यक्ष हाजि सहमत अलिले त्यहाँ उपस्थित जनहरुलाइ      स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा अपाङ्ग आश्रमका अध्यक्ष डोल बहादुर रामदाम,

संचालक समितिका महासचिव गफुर मियाँ , उपमहासचिव हसरदिन अलि  लगायतका व्यक्तित्त्वहरुले मन्तब्य राखेका थिए । उक्त आश्रममा जम्मा ४२ जना अपाङ्गहरुले आश्रय लिएको आश्रम समितिले जनाएको छ ।      

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित