दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

मोहम्मद डे : अपाङ्ग आश्रमका अपाङ्गहरुलाइ खाद्यान्न वितरण

वुटवलमा रहेको रजा-ए-मुस्तफा जामे मस्जिद समितिको आयोजनामा नेपाल अपाङ्ग आश्रमका अपाङ्गहरुलाइ खाद्यान्न वितरण गरिएको छ । ईस्लाम धर्मावलम्बीहरुका आस्थाका धरोहर हजरत मुहम्मद मुस्तफाको १४९८ औं जन्मोत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

मानवता एवं भावनात्मक हिसाबले आश्रममा रहेका त्यस्ता अपाङ्गहरुको मनोबलमा सकारात्मक प्रभाव परोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष हाजी मोहम्मद ईस्माईलले बताएका हुन।

नेपाल अपांग आश्रमका संचालक  डोलबहादुर थापाको प्रमुख आतिथ्यतामा सप्पन्न उक्त कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष हाजी मोहम्मद ईस्माईल अलिले गरेका थिए ।

कार्यक्रममा मस्जिद समितिका बरिस्ठ उपाध्यक्ष हाजि सहमत अलिले त्यहाँ उपस्थित जनहरुलाइ      स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा अपाङ्ग आश्रमका अध्यक्ष डोल बहादुर रामदाम,

संचालक समितिका महासचिव गफुर मियाँ , उपमहासचिव हसरदिन अलि  लगायतका व्यक्तित्त्वहरुले मन्तब्य राखेका थिए । उक्त आश्रममा जम्मा ४२ जना अपाङ्गहरुले आश्रय लिएको आश्रम समितिले जनाएको छ ।      

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित