निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बाल दिवशको अवसरमा बुटवल पव्लिक स्कुलले निकाल्यो सचेतनामुलक ¥याली

बुटवल । तिलोत्तमा वडा नं. ३ स्थित बुटवल पब्लिक स्कुलले बाल दिवसको अवसरमा सचेतनामुलक ¥याली निकालेको छ ।

बाल अधिकार कार्यान्वयन गरौ, बालश्रमको अन्त्य गरौ, बालबालिकाको भविष्य निर्माणमा जोड दिउँ भन्ने नारा साथ विद्यालय प्राङगणबाट निस्केको ¥याली शान्तीचोक हुँदै पुन विद्यालयमा आएर कोण सभामा परिणत भएको थियो ।


सो अवसरमा विद्यालयका प्राचार्य हेमलाल शर्मा भुसालले बालबालिकाको अधिकार कार्यान्वयनमा सवैले जोड दिनुपर्ने बताए ।

सरकारले बालश्रम मुक्त घोषणा गरेपनि अझै धेरै बालबालिकाहरुले जोखिमपूर्ण काम गर्न बाध्य भएको भन्दै बाल बालिकाको अधिकार कार्यान्वयनमा सरकार गम्भिर भएर लाग्नुपर्ने बताए ।

‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ मनाइएको उक्त सचेतनामुलक ¥यालीमा विद्यालयका शिक्षक, शिक्षिकाहरुको समेत सहभागिता रहेको थियो ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकार सम्बन्धी महासन्धि पारित भएपछि नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउने गरिन्छ । आजै बालदिवसको अवसरमा जिल्लाभर विभिन्न रचनात्मक कार्यहरु भएका थिए ।

नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ । संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।

नेपालको संविधान र कानूनले बाल अधिकारकालाई मौलिक हकको रूपमा व्याख्या गरेको छ । संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गिण विकासको हक सुनिश्चित गरेको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित