रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

बाल दिवशको अवसरमा बुटवल पव्लिक स्कुलले निकाल्यो सचेतनामुलक ¥याली

बुटवल । तिलोत्तमा वडा नं. ३ स्थित बुटवल पब्लिक स्कुलले बाल दिवसको अवसरमा सचेतनामुलक ¥याली निकालेको छ ।

बाल अधिकार कार्यान्वयन गरौ, बालश्रमको अन्त्य गरौ, बालबालिकाको भविष्य निर्माणमा जोड दिउँ भन्ने नारा साथ विद्यालय प्राङगणबाट निस्केको ¥याली शान्तीचोक हुँदै पुन विद्यालयमा आएर कोण सभामा परिणत भएको थियो ।


सो अवसरमा विद्यालयका प्राचार्य हेमलाल शर्मा भुसालले बालबालिकाको अधिकार कार्यान्वयनमा सवैले जोड दिनुपर्ने बताए ।

सरकारले बालश्रम मुक्त घोषणा गरेपनि अझै धेरै बालबालिकाहरुले जोखिमपूर्ण काम गर्न बाध्य भएको भन्दै बाल बालिकाको अधिकार कार्यान्वयनमा सरकार गम्भिर भएर लाग्नुपर्ने बताए ।

‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ मनाइएको उक्त सचेतनामुलक ¥यालीमा विद्यालयका शिक्षक, शिक्षिकाहरुको समेत सहभागिता रहेको थियो ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकार सम्बन्धी महासन्धि पारित भएपछि नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउने गरिन्छ । आजै बालदिवसको अवसरमा जिल्लाभर विभिन्न रचनात्मक कार्यहरु भएका थिए ।

नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ । संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।

नेपालको संविधान र कानूनले बाल अधिकारकालाई मौलिक हकको रूपमा व्याख्या गरेको छ । संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गिण विकासको हक सुनिश्चित गरेको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित