निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

मिरा कोष द्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

तिलोत्तमा नगरपालिका वडा नं ३ मा रहेको मिरा कोषले विद्यार्थीहरुको लागि विभिन्न शैक्षिक सामाग्री वितरण गरेको छ ।

तिलोत्तमा ३, सिमानगरमा रहेको हाम्रो सगरमाथा आधारभूत विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीहरुलाई कोषले शैक्ष्गिक सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि, तिलोत्तमा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेल, सिद्धार्थ बैंक योगीकुटी शाखाका प्रबन्धक लक्ष्मी प्रसाद ज्ञवाली, मिरा कोषका संरक्षक मिरा शर्मा, सगरमाथा आधारभुत विद्यालयका व्यस्थापन समिति अध्यक्ष कृष्ण क्षेत्री, सोहि विद्यालयका प्राचार्य घनश्याम घिमिरे लगायतको उपस्थितिमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि कल्याण प्रसाद पौडेलले स–साना विद्यार्थीहरुको पठनपाठनमा संस्थाले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए ।

उनले आगामी दिनहरुमा वडा संगै समन्वय गरि विद्यालयको शैक्षिक उनन्नयमा अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे। सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष हेमलाल शर्माले विद्यार्थीहरुलाई सहयोग गर्न पाउंदा निकै खुसि रहेको बताउदै आगामी दिनहरुमा पनि आवश्यक शैक्षिक सामाग्री लगायत अन्य सहयोग निरन्तर रहने बताए।

कोषले गतवर्ष सोहि विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालय पोशाक समेत वितरण गरेको थियो । कार्यक्रमको संचालन कोषका महासचिब रामचन्द्र पौडेलले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित