कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

अनेमसंघ समाजवादी द्वारा महिला हिंसाको घटनामा सरकारको ध्यानआर्कषण

नेकपा एकिकृत समाजवादी निकट अखिल नेपाल महिला संघ (समाजवादी) लुम्बिनी प्रदेशले देशभर भइरहेका लैंगिक हिंसाका घटनामा ध्यानआर्कषण गराउँदै सरकारलाई संवेदनशिल रुपमा प्रस्तुत हुन आग्रह गरेको छ ।

अनेमसंघ समाजावादी लुम्बिनी प्रदेशको बुधबार बुटवलमा बसेको तेस्रो बैठकले सामाजिक अत्याचार, महिंसा हिंसाका घटनाहरु बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्ने गरी सरकारलाई ठोस कार्यक्रम ल्याउन र सरकारलाई यस्ता मुद्धामा संवेदनशिल हुन आग्रह गरेको हो ।
अखिल नेपाल महिला संघ समाजवादीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र लक्ष्मी गैरै, नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्य एंव लुम्बिनी प्रदेश अध्यक्ष सोम प्रसाद पाण्डेको बिशेष उपस्थितीमा बसेको बैठकले संगठन निर्माणको गतीलाई चुस्त रुपमा अगाडि बढाउने निर्णय समेत गरेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कार्तिक मसान्तभित्र अनेमसंघ समाजवादीलाई अध्यावधि गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै अनेमसंघ समाजवादीका केन्द्रीय उपाध्यक्ष एंव राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले विद्रोहको औचित्य पुष्टि हुने गरी काम गर्न आग्रह गरिन ।
यस्तै पार्टीका पोलिटब्यूरो सदस्य एंव प्रदेशका अध्यक्ष सोमप्रसाद पाण्डेयले संविधान, समावेशिता र व्यवस्थाको रक्षाका लागि पार्टीले विद्रोहको बाटो लिएको बताउँदै समाजमा अझै पनि विभेदहरु कायमै रहेकाले अनेमसंघ समाजवादीले अग्रपंक्तिमा गएर त्यसका विरुद्ध लाग्नुपर्नेमा जोड दिए । बैठकमा अनेमसंघ समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरे, प्रदेश अध्यक्ष उमा काफ्ले, उपाध्यक्ष लक्ष्मी भुसाल, सचिव गिता अन्जान केसीले बोल्दै अनेमसंघ समाजवादीलाई महिलाहरुको सशक्त संगठनका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

बैठकले आउदै गरेको हरितालिका तीजलाई आ आफ्नो जिल्लामा मनाउन समेत आग्रह गर्ने निर्णय गरेको सचिव गिता अन्जान केसीले जानकारी दिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित