रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

१ लाख विद्यार्थीको दाँत परिक्षण महाअभियानको सुरुवात

बुटवल । रोटरी क्लब अफ लुम्बिनी स्टार्सले स्कूल स्तरिय स्वाश्थ्य, दाँत तथा मुख परिक्षण कार्यक्रम अन्तरगत १ लाख विद्यार्थीको दाँत परिक्षण महाअभियान सुरुवात गरेको छ ।

महाअभियान अन्तरगत विद्यार्थीहरुको मुख स्वाश्थ्यलाई ध्यानमा राखेर लुम्बिनी प्रदेशका सरकारी स्कूलहरुमा दन्त शिवीर सञ्चालन गरि १ लाख विद्यार्थीहरुको दाँत परिक्षण गर्ने जनाइएको छ ।

आधुनिक समाज डेण्टल केयर प्रा.लि., बुटवल ८ को प्राविधिक सहयोगमा हुने सो महाअभियानको सोमवार बुटवल वडा नं. ८ स्थित श्री सिद्धेश्वर लालकुमारी माध्यामिक विद्यालयमा एक कार्यक्रमको रोटरी क्लब ३२९२ का डिष्टिक गर्भनर राजेन्द्र प्रसाद ध्वजूले सुभारम्भ गरे ।

सो अवसरमा बोल्दै डिजी ध्वजुले बालबालिकाको जिवनलाई सहज र सरल बनाउदै उनीहरुको स्वाश्थ्यलाई ध्यान दिएर थालिएको महाअभियानले समाजमा सकारात्मक सन्देश प्रवाहा गर्ने विश्वास व्यक्त गरे ।

उनले हाम्रा अभिभावकहरुले बच्चाहरुको स्वाश्थ्यमा कमै ध्यान दिने गरेको त्यसमा पनि दाँतको उपचारमा हेलच्यक्राई धेरै हुने गरेको हुदा त्यसलाई सचेतना अभियानका रुपमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा रोटरी क्लब अफ सेन्टरलका अध्यक्ष गणेश प्रसाद अधिकारीले समाज विकासका लागि स्कूलस्तरबाट नै सबै कुराको ज्ञान र सचेतना जगानु जरुरी भएको उल्लेख गर्दै यस महाअभियानले बच्चाहरुलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव प्रसाद भण्डारीले आफ्नो बाल्यकालको स्मरण गर्दै दाँतको उपचारलाई हेलचेक्र्याई गर्न हुदैन भन्ने महसुस भएर विद्यालय स्तरबाट अभियान थालेको बताउदै त्यसमा अभिभावकहरुलाई सहभागी हुने आग्रह गरे ।

रोटरी क्लब अफ लुम्बिनी स्टार्स वर्ष २०२३÷२४ का अध्यक्ष ध्रुव कोइरालाको अध्यक्षता, सचिव विमल ढकालको सञ्चालन तथा शिवीरको सहयोगी संस्था आधुनिक समाज डेण्टल केयर प्रा.लि., बुटवल ८ का सञ्चालक अमृत भुसालको स्वागतमा भएको कार्यक्रममा रोट्याक क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष जया भण्डारी, सिद्धेश्वर लालकुमारी माध्यामिक विद्यालयका सहप्राचार्य दिपक पौडेल लगायत बोलेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित