कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

अनेरास्ववियु रुपन्देहीकाे आयाेजनामा भएकाे हाजिरी जवाफ प्रतियोगितामा सुनगाभा मावि प्रथम

अनेरास्ववियु रुपन्देहीले जिल्लास्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष धर्म गिरीको प्रमुख आतिथ्यता र एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीको विशेष आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । रुपन्दहीका नीजि तथा सामुदायिक विद्यालयका ३८ विद्यालयको सहभागिता थियो । उक्त हाजिरजबाफ प्रतियोगितामा सैनामैनाको सुनगाभा मावि प्रथम, बुटबलको एभरेष्ट मावि द्धितिय, देबदहको ग्रिन प्लान्ट तृतिय भएको छ ।

प्रथम, द्धितिय, तृतिय र शान्त्वना हुने विद्यालयले क्रमस १० हजार, ७ हजार ५ सय, ५ हजार र ३ हजार साथै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै सैनामैनाको प्रभावत माविले सान्तत्वना स्थान प्राप्त गरेको छ । कार्यक्रममा बोल्दै अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले अनेरास्ववियु शैक्षिक आन्दोलनको एक अगुवा संगठन भएको बताउंदै अनेरास्ववियु सधै विद्यार्थीको हक हितका निम्ती बिभिन्न खालका रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताए।

अनेरास्ववियुले अहिले देशभर बिभिन्न खालका शैक्षिक कार्यक्रम गदै आएको जानकारी गराए। कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले पछिल्लो समय अनेरास्ववियु रुपन्दही जिल्ला कमिटिले विद्यार्थीका क्षमता विकाससंगै रचनातमक शैक्षिक कार्यक्रमहरु गदै आएको बताए ।

अनेरास्ववियु जिल्ला अध्यक्ष रमेश ढकालले विद्यार्थीको क्षमता विकासका लागि रुपन्देहीमा वार्षिक कार्यक्रम बनाएर शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिएको बताए । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य साजन भण्डारी, भरत अर्याल प्रेम बस्नेत, तिलक केसी लगायतले बाेलेका थिए । अनेरास्ववियु जिल्ला अध्यक्ष रमेश ढकालको अध्यक्षयता र सचिब प्रकास पराजुलीको सन्चालनमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित