निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बुटवलमा नेवारी चलचित्र ‘गालय वन’ को च्यारिटी शो गरिँदै

नेपालभाषाको चलचित्र विकास र प्रचार गर्ने तथा बुटवलको नेवाः घर परिषरमा सामाजिक संस्कार भवन निर्माणको सहयोगार्थ बुटवलमा नेपाल भाषाको चलचित्र ‘गालय् वन’को च्यारिटी शो गरिने भएको छ । नेवा सेवा समितिको संयोजनमा नेवारी भाषाको चलचित्र ‘गालय् वन’ को च्यारिटी शो प्रदर्शन गरिन लागेको हो ।

नेपालभाषा क्षेत्र र बजारलाई विस्तार गर्दै चलचित्रकर्मीहरुलाई हौसला दिन तथा बुटवलमा सामाजिक संस्कार भवनको विस्तारको सहयोगार्थ च्यारिटी शो गरिने नेवाः सेवा समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले बताए । नेपालभाषामा काम सबै अभियन्ताहरुलाई एकठाँउमा ल्याएर नेपाल भाषाको प्रचार गर्न च्यारिटी शोले टेवा पुग्ने उनले बताए ।

आउँदो भाद्र ९ गते बुटवलका क्युएफएक्स बाहेकका द्वारिका सिनेमा, क्यु बक्स सिनेमा र भ्यु सिनेमा तीन वटै हलमा च्यारिटी शो प्रदर्शनको तयारी गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले सहयोग राशी ५०० रुपैयाँ राखिएको शोको टिकट बुटवल र यस आसपासका बिभिन्न स्थानबाट प्राप्त गर्न सकिने गरि ब्यवस्था मिलाईने जनाए ।

सत्य घटनामा आधारित नेवारी चलचित्र ‘गालय् वन’ मा नेवार समुदाय भित्रको संस्कारगत बिकृतिको बिरोध गरिनुका साथै नेवारी कला र संस्कृतिको जीवन्त प्रदर्शन गरिएको छ । ५० वर्ष भन्दा पुरानो नेवारी सभ्यता र त्यसबेला महिलालाई समाजले हेर्ने दृष्टीकोणलाई चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक संयुक्त स्थापितले बताए । उनले सभ्यता, मनोरन्जन, सन्देश र कलाको समिश्रणकारुपमा चलचित्र निर्माण भएको दाबी गरे ।

प्रदर्शन गर्न लागिएको चलचित्र ‘गालय् वन’मा शोभा महर्जन, किरण जोशी, कमल प्रसाद भट्ट, मञ्जु श्रेष्ठ, विज्ञान पक्का (चक्लेट), अजय दुवाल, अन्नपूर्णेश्वरी श्रेष्ठ, नानी मैयाँ प्रजापति, राजेश गोसाई लगायतको मुख्य भूमिका रहेको छ । संयुक्त स्थापितले निर्देशन गरेको चलचित्रको छायाङ्कन र दृश्य सम्पादन बालकुमार मगरले गरेका छन् भने कथा, पटकथा र संवाद विज्ञान पक्का (चक्लेट) को रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित