कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

३.८७ जिपिए सहित रामापुर माविले ल्यायो उत्कृष्ट नतिजा

बुटवल । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा आज सार्वजनिक गरे सङ्गै सैनामैनाको रामापुर माविले उत्कृष्टता हासिल गरेको छ ।

व्यवस्थापन र शिक्षाशास्त्र संकायमा गरी कुल ३८१जना विद्यार्थीहरू परीक्षामा सहभागी ५ जना विद्यार्थीले ए प्लस ल्याएका छन् ।

व्यवस्थापन संकाय अध्ययन गर्ने कृतिका सुवेदीले ३.८७जिपिए ल्याएर उत्कृष्ट बनेकी छिन् ।

त्यस्तै व्यवस्थापन संकायकै विक्रम ज्ञवालीले ३.७१ जिपिए अङ्‌क ल्याएका छन् भने सुस्मिता सापकोटा ३.७१, दिप्तिका बडुवाल ३.७० जिपिए अनिता केवटले ३.७० जिपिए प्राप्त गरेकाे विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले बताए।

विगत बर्षहरूमा पनि उत्कृष्ट नतिजा ल्याएको रामापुरले अहिले पनि उत्कृष्टता हासिल गर्न सफल भएको प्राध्यापक मनोज गौतमले बताए।

रामापुर मावि बाट यस बर्षको नतिजामा सरकारी तर्फ उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको हुँदा सम्भवत रामापुरको नतिजा जिल्लाकै उत्कृष्ट भएकोमा विद्यार्थी, अभिभावक, प्राध्यापक तथा कर्मचारीलाई धन्यवाद ब्यक्त गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित