निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

राधाकृष्ण मन्दिरमा झुला उत्सब कार्यक्रम 

बुटवल । बुटवल उपमहानगरपालिका ५ मा रहेको राधाकृष्ण अमर किर्तन मन्दिरमा झुला उत्सब कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार मन्दिरमा राधा कृष्ण बनाएर झुला झुलाईएको मन्दिर ब्यवस्थापन समिती अध्यक्ष अरुण कुमार श्रेष्ठले जानकारी दिए। उनले साउन महिनामा परेको मलमासको अन्त्यको अवसरमा झुला उत्सब मनाईएको जानकारी दिए।
२०१२ सालमा स्थापना भएको मन्दिरमा मलमासको समयमा भगवान नारायणको बारेमा कथा बाचन तथा किर्तन सुश्री ज्ञानु अर्यालले गरिरहेकी छन। पुरुसोत्तम कथा बाचन साउन २ गतेदेखी ३० सम्म सञ्चालन भएको छ भने बुधबार साङ्गिता गर्ने कार्यक्रम रहेको छ।
 मन्दिरका पुजारी कपिल अधिकारीलेले मलमासलको वर्ष भएकोले मंगलबार झुला उत्सब मनाईएको बताउदै वार्षिक रुपमा भदौ ११ गते झुला उत्सब र भदौ २० कृष्ण जन्मास्टमीमा झाकी सहितको कार्यक्रम रहेको जानकारी दिए।कार्यक्रममा २ सय बढी भक्तजनको सहभागीता रहेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित