रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

सिटिजन्स बैंकका ग्राहकलाई चौराह अस्पतालमा छुट

बुटवल । सटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कालीकानगर शाखा र चौराह अस्पताल प्रालि बिच सिटिजन्स बैंकका कर्मचारी र कार्ड होल्डरहरुलाई छुट दिने सम्झौता भएको छ ।

बैंकका कर्मचारी, कार्ड होल्डरहरुलाई स्वस्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको हो । विहीबार सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको तर्फबाट लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठ चौराह अस्पताल प्रालिको तर्फबाट प्रबन्ध निर्देशक बिरु भण्डारी बिच सेवा उपलब्ध गराउने बारे ४ बुंदे सम्झौता गरिएको हो ।

सिटिजन बैकका कर्मचारीहरु तथा बैकको मोवाइल बैकिङ्क ,प्रीभिएलेज कार्ड, कार्ड होल्डरहरुलाई तथा सबै प्रकारका ग्राहकहरुलाई अस्पतालको विभिन्न सेवामा छुट दिने गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको सिटिजन्स बैक कालीकानगरका शाखा प्रवन्धक किरण कुमार केसीले बताए ।

एक वर्षसम्म लागु हुने गरि अस्पतालको ल्याबमा १० प्रतिशत, आईसियु बेड चार्ज÷एचडियु बेड चार्जमा ५ प्रतिशत, जनरल बेड जार्चमा १० प्रतिशत, युरो सर्जरीमा १० तथा अर्थो र जेनेरल सर्जरीमा ५÷५ प्रतिशत, न्युरो सर्जरीमा ५, डेन्टलमा १० प्रतिशत, फिजियोथेरापीमा १० प्रतिशत, फार्मेसीमा ५ प्रतिशत तथा सिटि स्क्यानमा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।

कार्यक्रममा सिटिजन्स बैक इन्टरनेशनल लुम्बिनी प्रदेश क्लस्टर प्रमुख सञ्जय पुन, कालीकानगर शाखाका सहायक शाखा प्रमुख सुरज क्षेत्री, डि आर ओ रवि काफ्ले ,अस्पतालका अर्थोपेडिक सर्जन डा.मदन ज्ञवाली, चौराह अस्पताल प्रालिका जनसम्पर्क तथा सुचना अधिकृत जनक कुंवर, लुम्बिनी प्रदेश क्लस्टर प्रमुख सञ्जय पुनले सेवाग्रही लाई प्रथामिकता दिने आगामी दिनहरुमा अझ साझेदारीका कार्यक्रमलाई जोड दिने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित