‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

कान्ति माविमा नयाँ विद्यार्थीलाई अभिमूखिकरण

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ मा व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र समुहमा भर्ना भएका विद्यार्थीलाई कलामा आधारित जीवनोपयोगी सीप, किशोरावस्थामा ध्यान दिनुपर्ने पक्ष, जीवनको लक्ष्य आदि विषयमा उत्प्रेरक प्रशिक्षक रमेश अर्यालले उत्पेरणामूलक प्रशिक्षण दिएका थिए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर पौडेलले विद्यार्थीलाई विद्यालय, घर परिवार र देशप्रतिको आफ्नो दायित्वलाई बुझेर अध्ययनमा लाग्न अनुरोध गरेका थिए । विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालयको विगत, वर्तमान र भविष्यको योजनाका बारेमा बोलेका थिए।कार्यक्रम शिक्षक लिलाधर पाण्डेको सञ्चालन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माको अध्यक्षता र करियर काउन्सेलर हुमराज भुसालको सहजीकरणमा सञ्चान भएको थियो ।

कार्यक्रम दुईवटा चरणमा सञ्चालन हुने व्यवस्थापन अनुसार भोलि मङ्गलबारको दोस्रो चरणमा विज्ञान समुहका लागि कार्यक्रम सञ्चालन गरिने कक्षा ११ का ईनचार्ज शिक्षक भानुभक्त भुसालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित