३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

मगर महिला संघ बुटवलद्वारा विद्यार्थीलाई बधाई तथा सम्मान

बुटवल । त्रिभुवन विश्वविद्यालय अन्तरगत बीसीएस दोस्रो वर्ष २०७८ को परीक्षामा नेपाल प्रथम हुन सफल बुटवलकी आयुश्मा रेश्मीलाई नेपाल मगर महिला संघ बुटवल उपमहानगरले सोमबार सम्मान गरेको छ । बुटवलकै लुम्बिनी वाणीज्य क्याम्पसमा अध्ययन गर्ने बुटवल–१२ की रेश्मीले देशभरबाट सबैभन्दा बढी ८४ दशमलव ४ अंक प्राप्त गर्न सफल भएकी थिइन् ।

सम्मानित भएपछि बोल्दै आयुश्माले विद्यार्थीहरु प्रविधिको विकाससँगै आएका विभिन्न सामाजिक सञ्चालहरुसँग सचेत रहनु पर्ने उल्लेख गरिन् । विद्यार्थीले आफ्नो अध्ययनमा ध्यान केन्द्रित गर्नका लागि सामाजिक सञ्जालहरुलाई केही समय रमाइलोका लागि प्रयोग गरिए पनि त्यसलाई नै आफ्नौ जीवन शैलीका रुपमा प्रयोग गर्न नहुने अनुभव सुनाइन् । आफूसँगै सम्मानित भएका एसईई उत्तिर्ण विद्यार्थीलाई बधाई दिँदै उनले आफ्नो महत्वपूर्ण समय समाजिक सञ्चालभन्दा बढी अध्ययनमा खर्चिन सुझाब दिइन् ।

यसैगरी एसईई परीक्षा २०७९ मा उत्कृष्ट नतिला ल्याई उत्तिर्ण हुने संघमा आवद्ध परिवारका विद्यार्थीलाई समेत सम्मान गरिएको छ । विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरकी उप मेयर सावित्रादेवी अर्यालले राजनीतिक क्षेत्रमा पनि अब शिक्षित र प्राज्ञिक व्यक्तिहरुको प्रवेश आवश्यक रहेको बताइन् । नेपाल प्रथम हुन सफल छात्रा आयश्मा रेश्मीले अवसर प्राप्त गर्न सकेमा महिलाहरु अब्बल छन् भन्ने कुरा प्रमाणित गरेको उल्लेख गरिन् । यसैगरी राज्य सञ्चालनका हरेक निकायमा महिला सहभागिताका लागि शिक्षित र राजनैतिक रुपले प्रशिक्षित पात्रहरुको खाँचो रहेको उल्लेख गरिन् । अबको नेतृत्वको हिजोको जस्तो नभई सीप, ज्ञान र प्रतिभाले भरिपूर्ण युवाहरुले गर्नुपर्नेमा जोड दिइन् ।

सम्मान कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेश समन्वय समितिका सचिव मनोज राना, मगर महिला संघ बुटवलका कानूनी सल्लाहकार गोविन्द पुन, संघकी संस्थापक सचिव तथा सल्लाहकार कुमारी थापा लगायतले बोल्दै ईतिहासदेखिनै जातीय विभेदमा पर्दै आएको मगर समुदायको उत्थान र परिवर्तनका लागि शिक्षा महत्वपूर्ण कडी रहेको उल्लेख गरे । समाज रुपान्तरणको प्रमुख आधारनै शिक्षा भएकोहुँदा मगर समुदायको उत्थानका लागि उनीहरुलाई शैक्षिक रुपमा तथा ज्ञान र प्रविधिमा अब्बल बनाउन आवश्यक रहेको उनीहरुले बताए ।

संघकी सल्लाहकार सकुन्तला पुनले विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै हिँजोदेखि शैक्षिक रुपमा पिछडिएको ईतिहासलाई अबका युवाहरुले परिवर्तन गर्न आग्रह गरिन् । संघ अध्यक्ष गौमाया थापाको अध्यक्षता तथा सचिव तिर्थकुमारी सोमरेको सञ्चालनमा सम्मान कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित