‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सम्पदाहरुको मौलिक खोजी गरि संरक्षण गरिन्छ : मन्त्री किराँती

सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले सम्पदाहरुको खोजी गरि मौलिक रुपमा संरक्षण गर्नेे बताएका छन् । लुम्बिनी विकास कोषको लुम्बिनीमा सोमबार उद्घाटन परिषद बैठकलाई सम्बोधन गर्दै मन्त्री किराँतीले पुर्खाहरुले जोगाएको सम्पदाहरुलाई मौलिक रुपमा नै संरक्षण गनुपर्ने बताएका हुन ।

मन्त्री किराँतीले विदेशीहरुको नक्कल गर्दा सम्पदा क्षेत्र पार्क र फाईभ स्टार होटल जस्ता बन्न थालेको भन्दै त्यसो हुन नदिने बताए । लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका किराँतीले सम्पदाहरुलाई सँस्कृती र प्रकृतीमैत्री रुपमा विकास गर्नुपर्ने बताए । पुर्खाले छाडेर गएका सम्पदाहरुको खोजी गरेर सम्पदालाई सम्पदाकै रुपमा विकास गर्ने नीति सरकारले लिने मन्त्री किराँतीले बताए । उनले गौतमबुद्धले विश्व शान्तिका लागि वैचारिक रुपमा क्षेप्यास्त्र संसारभर फैलाएको बताए । उनले लुम्बिनीलाई विश्वशान्तिको रुपमा विकास गर्ने गरि नयाँ योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाए । उनले मन्त्रालय समालेको ६ महिनामा लुम्बिनीमा जति ध्यान दिनुपर्ने त्यति दिन नसकेको बताए । मन्त्री किराँतीले ६ महिनाको अनुभवले ऐन नियमहरुलाई समयअनुकल बनाउन पुर्नलेखन र संसोधन गर्ने, मन्त्रालय मातहत रहेका ऐन कानुन संघीय लोकतान्त्रिक गणतन्त्रलाई बोक्न सक्ने गरि संशोधन गर्ने, मन्त्रालय मातहतका विभागहरुमा देखिनेगरि परिणाममुखी काम गर्ने र आधारभूत रुपमा भएका कामहरुको मसिनो गरि फलोअप गर्ने बताए ।

परिषद बैठकको उद्घाटनसत्रमा संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले बुद्धजन्मस्थल लुम्बिनीलाई सुगन्धको रुपमा विश्वसामू चिनाउनुपर्ने बताईन । उनले लुम्बिनी पवित्र स्थलका रुपमा विकास गर्नका लागि सबैपक्षलाई समेटेर अगाडि बढ्न सुझाव दिईन । राज्यमन्त्री ठकुरीले गौतम बुद्धकै कारण नेपाल देशको परिचय विश्वभर भएकाले लुम्बिनीलाई कसैको स्वार्थमा राख्न नहुने बताईन ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले कोषमा रहेका विभिन्न नीतिगत समस्याहरु हल भएको र गुरुयोजनाका कामहरु पूरा हुने चरणमा रहेको बताए । उनले विगतलाई फर्केर हेर्दा लुम्बिनीमा गुरुयोजना निर्माणदेखि राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा राम्रो काम गरेको बताए । उनले गुरुयोजनाको काम अबको ३ बर्षमा सम्पन्न हुने र त्यसका लागि ३ अर्ब बजेट आवश्यक पर्ने बताए ।

कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले स्वागत गर्दै परिषद बैठकलाई नीतिगत छलफलको थलोका रुपमा अगाडि बढाउने अभ्यास गरिएको बताए । परिषद बैठकले आर्थिक वर्ष ०८०÷०८१ को नीति कार्यक्रम तथा बजेट र अन्य विभिन्न प्रस्तावमाथि छलफल गरि निर्णय गर्ने सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । परिषद बैठकमा लुम्बिनी विकास कोषका पदाधिकारी, कार्यकारिणी सदस्य, परिषद सदस्यहरुको सहभागिता रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित