‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवलका पूर्वउपप्रमुख खनालको निधन

बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे २ बजे निधन भएको हो ।
बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधनमा बुटवल उपमहानगरपालिकाले आईतबार अत्यावश्यकबाहेकका सेवा बन्द गरि शोक व्यक्त गरेको छ।
आईतबार दिउँसो शोक सभा गर्दै बुटवल उपमहानगरपालिकाले आईतबार दिउँसो १ बजेदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरि शोक व्यक्त गरेको हो।
शोकसभाका क्रममा नगरप्रमुख खेलराज पाण्डेयले पूर्व उपप्रमुख खनालको निधनले बुटवलले एक सादगी नेता गुमाएको भन्दै दुख व्यक्त गरे ।
उनले खनालको निधनमा शोक व्यक्त गर्दै आईतबार दिउँसो १ बजेदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताए ।
उपप्रमुख सावित्रादेवी अर्यालले पूर्व उपप्रमुख खनालको निधनले बुटवलले एक ईमान्दार र त्यागी नेता गुमाएको भन्दै दुख व्यक्त गरिन ।
खनाल २०४९ सालदेखि २०५३ सम्म तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुख बन्नुभएको थियो। शालिन नेताका रुपमा रहनुभएका खनालले लामो समय नेपाली कांग्रेसको बुटवल नगर सभापति सम्मालेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित