‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

रुपन्देहीका शिक्षा समन्वय प्रमुख सवार गाडी प्रहरी नियन्त्रणमा

रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार विद्यालय अनुगमनको बहानामा प्रशासनको पास बिना गाडीमा सवार भएको अवस्थामा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।

पासबिनाको जिल्ल शिक्षा समन्वयको बा २ झ १०१० नम्बरको सरकारी गाडी नियन्त्रणमा लिइएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले बताए । उनले नियन्त्रणमा लिएको गाडी जिल्ला प्रशासनका बुझाइदिने र सरकारी दुरुपयोगको अभियोगमा प्रशासनबाटै कारवाही हुने जानकारी दिए ।

शनिबारको दिन सरकारी गाडीको दुरुपयोग गर्दै शिक्षा समन्वय प्रमुख ढकाल मदिरा पार्टीमा फेला परेका थिए । सरकारी सवारी साधनको दुरुपयोग गर्दै ढकाल पाल्पाको नुवाकोट पुगेर मदिरा पार्टीमा सहभागी भएको भेटिएका थिए ।

उनले जिल्ला प्रशासन कार्यालयको अनुमती विना शनिबार सरकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको समाचार आए लगत्तै प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको निर्देशनमा ट्रापिक प्रहरीले गाडी नियन्त्रणमा लिएको बताइएको छ । शनिबार विहान बुटवलबाट केवलकार चढेर वसन्तपुर घुम्न पुगेका उनी दिउँसो पाल्पाको नुवाकोटमा पुगेर मदिरा पार्टीमा रम्दै गरेको अवस्थामा फेला परेका थिए ।

समाचार स्रोतका अनुसार ढकालसँगै काठमाडौंबाट आएको एक जना पत्रकार र पब्लिक मावि दयानगर छपीयाका प्रधानाध्यापक पनि उक्त सवारी साधनमा रहेका थिए । उनीहरुको गाडी ट्राफिकले नियन्त्रणमा लिएपछि बुटवलमा रहेको स्कलर्स होमका प्रधानाध्यापक बाबुराम बन्जाडेले आफ्नो निजी गाडीमा हालेर उनीहरुलाई दयानगर छपियामा लगेका छन् । ढकालले यसअघि पनि पटक-पटक सरकारी गाडीको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।
खबरकुरा बाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित