निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

एभरेष्टमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण

 

बुटवल । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको छ ।

विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा साढे चार सयबढी विद्यार्थीलाई स्वागत गर्नुका साथै आगामी उच्च शैक्षिक गणस्तरियता र जीवन उपयोगिसीपका बारेमा अभिमुखिकरण गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परिक्षा वोर्ड लुम्विनी प्रदेश कार्यालयका प्रमुख रमाकान्त तिवारीले उच्च शिक्षाका लागि अग्रसर कक्षा ११ का विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिदै विद्यार्थीको यो समय जिज्ञासु र जुजारु समय भएकाले असल कृयाकलाप सिकाइमा ध्यान दिन जरुरी रहेको बताए ।

उनले असल आचरण, असल सिकाई र लगनशिलताका लागि अभिमुखिकरण कार्यक्रम विद्यार्थीका लागि औपचारिक शिक्षा जस्तै आवश्यक भएको बताए ।

विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक महासंघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, महासंघका पुर्व अध्यक्ष मोहन चापागाई, विद्यालय संचालक समिति सदस्य धर्मेन्द्रनाथ भट्टराई, अभिभावक चोपकान्त न्यौपाने, विद्यार्थीहरु दिपेन पौडेल, अदिती अधिकारी, करण भुसाल, ओजश्वी न्यौपाने, डेविड खनाल लगायतले शैक्षिक सफलताका लागि लगन, आचरण र ब्यवहारलाई सकारात्मक बनाउनु पर्ने बताएका थिए ।

विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले असल, शिक्षा, पारिवारिक घुलनमिलन र संस्कार सहितको शिक्षाका बारेमा विद्यार्थीहरुलाई सहजिकरण गरेकाे कार्यक्रममा सहप्राचार्य भिमसेन गौतमले विद्यार्थीलाई शैक्षिक नीतिगत विषयका बारेमा आफ्ना भनाई राखेका थिए। प्रज्ञा म्यानेजमेन्ट ग्रुप काठमाण्डौका प्रवन्ध निर्देशक सहदेव महतले जीवनउपयोगी सीप र उच्च शिक्षामा विद्यार्थीले ध्यान दिनु पर्ने कुराका बारेमा विज्ञान र ब्यवस्थापन विषयका ४५० विद्यार्थीलाई सहजिकरण गरेका थिए  । कार्यक्रमको संचालन शिक्षक माधव पौडेलले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित