‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

फूलबारी ‘एक पर्यटकिय गन्तव्य’

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा रहेको मणिमुकुन्द सेन उद्यान यस क्षेत्रको एउटा प्रमुख पर्यटकीय गन्तव्य बनेको छ ।
फूलबारीको नामले परिचित हुने मणिमुकुन्दमा बर्षेनी लाखौको संख्यामा आन्तरिक एवं बाह्य पर्यटक यहाँ आउँछन् ।

विशेष गरि जाडो महिनामा उद्यानमा अवलोकनकर्ताको निकै भिड लाग्ने गर्दछ । कात्र्तिकदेखी फागुनसम्म बनभोज खान आउनेहरुको बाक्लो चहलपहल हुन्छ । त्यस्तै लगनका बेलामा विवाह लगायतका कार्य पनि हुने गर्दछ ।

कात्र्तिक, मंसिर महिनामा देशका विभिन्न भागबाट शैक्षिक भ्रमणमा हिडेका विद्यार्थीहरु बुटवलको यो मणिमुकुन्द सेन उद्यानमा पस्ने गरेका छन । फूलबारीमा आन्तरिक मात्र नभई भारतीय पर्यटकहरु समेत आउंछन ।

टिकट काटेर मात्र बार्षिक ५ लाख पर्यटक प्रवेश गर्ने गरेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव नेपालले बताए । फुलबारीमा बर्षको ५ लाख टिकट काटेरै प्रवेश गर्छन । टिकट नकाटेर आएका सहित गर्दा कुल ८ लाख जति प्रवेश गर्ने अनुमान समितिको छ ।
पार्कभित्र विभिन्न बाटिककाका साथै, बाल उद्यान, चिडिया घर पनि रहेको छ । यहां चितुवा, भालु, स्याल, बां दर, हरिण, निलगाइ, जरायो, मृग, अजिंगर लगायतका जनावरहरु छन । उद्यान भित्र मणीमुकुन्द सेनको शालीक पनि निर्माण गरिएको छ ।

आदिमावन रामापिथेकसको शालीक पनि रहेको छ । यस्तै गौतमबुद्ध, मायादेवी, उजिरसिंह लखन थापा, दशरथचन्द, भिमदत्त पन्त, यादवनाथ आलोक, जिवराज आश्रीत, तारापति भटटराई, वसिर मिया, सूर्यप्रसाद घिमिरे, चोकबहादुर गुरुङ लगायतका अर्धकदका सालिक पनि राखेर बुटवल स्मारक बनाइएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा रहेको यो उद्यान तत्कालिन सेन राजाको सितकालिन दरबार रहेको ठाउं पनि हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित