‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा मुख स्वास्थ्य जाँच शिविर,२ सय जनाले लिए लाभ

सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवल हाटबजारमा मुख स्वास्थ्य जाँच तथा परामर्श शिविर सम्पन्न भएको छ । आधुनिक समाज डेन्टल केयर प्राली बुटवलको प्राविधिक सहयोगमा शिविर भएको हो ।

सिद्धार्थ गौतम बुद्ध क्याम्पसको हेल्थ डेस्क समितीद्वारा आयोजित कार्यक्रममा २ सय जनाले लाभ लिएका छन् । कार्यक्रममा डा काजोल श्रेष्ठ , डा मनिला गुरुङ लगायतको स्वास्थ्य टोलीले मुख स्वास्थ्य जाँच गरेका थिए ।

क्याम्पसका हेल्थ डेस्क कोर्डिनेटर ताराप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख बिष्णु प्रसाद रानाले समाज डेण्टलले पछिल्लो समय समाजमा स्वास्थ्य सम्बन्धि परामर्श र चेकजाँच गरेको प्रती खुशी व्यक्त गरे ।

कार्यक्रममा आधुनिक समाज डेन्टलका अध्यक्ष अमृत भुसाल संयोजक माधव सापकोटा सहायक क्याम्पस प्रमुख रमेश प्रसाद पाण्डे, सहप्राचार्य कृष्ण प्रसाद खनाल, बिभागिय प्रमुख, प्राध्यापक, कर्मचारी एव विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख बिष्णु प्रसाद राना र आधुनिक समाज डेण्टलका अध्यक्ष अमृत भुसालबिच एमओयु भएको छ। डेण्टलका अध्यक्ष अमृत भुसालले सहकार्यका लागि सिद्धार्थ गौतम बुद्ध क्याम्पसलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमका सभापति तारा प्रसाद ज्ञवालीले हेल्थ डेस्कले सबैलाइ निशुल्क सेवा लिन मदत पुगेको बताउनुभयो । कार्यक्रमको सञ्चालन प्राध्यापक तिर्थराज काफ्लेले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित