‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

तिलोत्तमामा जथाभावी टांगिएका विद्युतीय तार व्यवस्थापन सुरु, मेयर आफै पोलमा चढेर काटे तार

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सडक किनारका विद्युत्‌का पोलमा जथाभावी टांगिएका तार व्यवस्थित बनाउन सुरु गरेको छ ।

नगरप्रमुख रामकृष्ण खाणले आफैले विद्युतको पोलमा चढेर जथाभावी झुण्डाईएका तारलाई हटाएर उक्त कार्यको सुरुआत गरेका हुन्।

बुटवल र तिलोत्तमाको सिमाक्षेत्र योगिकुटी चोकबाट उक्त कार्यको सुरुआत गरिएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख खाणले पोलहरुमा जथाभावी टाँगिएका तारहरुले नगरलाई कुरुप बनाएको मात्र नभई आगलागी र दुर्घटनाको जोखिम समेत निम्त्याएकोले तारहरुलाई व्यवस्थीत बनाउन सुरु गरिएको बताए।

‘एउटै पोलमा विद्युतको तारसँगै ईन्टरनेट र केबुलका दर्जनौं कम्पनीका तारहरु जथाभावी टाँगिदा आगलागीका घटना समेत हुने गरेका छन्, पोलमा आगलागी हुँदा नजिकैका घरमा आगलागी हुनसक्ने र विद्युतिय उपकरणहरु सर्ट हुने जोखिम बढिरहेको छ,’ खाणले भने।

नगरका मुख्य चोक, सडक किनार र घर अगाडी नै कुरुप बनाउने गरी टाँगिएका तारहरुलाई हटाउन नगरपालिकाले सरोकारवालालाई आग्रह गरेको थियो। नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले तारहरुको व्यवस्थापन हुन नसक्दा नगर नै कुरुप भईरहेको बताईन्।

‘हामीले पटक पटक अनावश्यक तारहरु हटाउन आग्रह गरेका थियौं, अहिले सबैसँग छलफल गरेर व्यवस्थीत गर्न थालिएको हो,’ उनले भनिन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित