मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

ससुरालीमा लगे सहकारीका अध्यक्षले कालोबजारीमा बेच्न मल

बुटवल । कृषकले अहिले खेतमा धान लगाएका छन् । कतिपयले अझै रोपाई गरिरहेका छन् । रोप्नु अघि र रोपेपछि धानमा मल चाहिन्छ । नेपालमा मल किसानले सहजै पाउँदैनन् । पाएको मलमा पनि ठुलाबढाको रजगज चल्छ ।

सरकारले सहकारी मार्फत अनुदानमा पनि मल वितरण गर्छ । यस्तो अनुदानमा वितरण गरिने मलमा ठुला भनिनेहरुले ‘¥याल’ काढ्छन् ।
यस्तै भएको छ, लुम्बिनी प्रदेशको कपिलबस्तु जिल्ला स्थित शुद्धोधन गाउँपालिकामा ।

शद्धोधन गाउँपालिका–३ लवनीस्थित कृषि सहकारीका लागि कृषि सामग्री केन्द्र तौलिहवाबाट ल्याएको मल सहकारीका अध्यक्षले कालोबजारीमा बेच्न सुसुराली पुराएका छन् ।

ओम कृषि सामग्री केन्द्रका अध्यक्ष भागीरथी यादवले कृषकका लागि अनुदानमा ल्याएको ५४ बोरा मल उनले शुद्धोधन गाउँपालिका–६ स्थित ससुरा बनारसी यादवको घरमा लगेर लुकाएर राखेको तथ्य बाहिर आएको छ ।

ससुरालीमा लुकाएर राखेको मल प्रहरीले अहिले जफत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले मल लुकाएको सूचना पछि बनारसी यादवको घरबाट मल जफत गरेको बताईन । उनका अनुसार यस बारे थप अनुसन्धान भइरहेको छ ।

बोहोराले कालोबजारीमा बेच्ने नियतले नै मल ससुराली पुराएको हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको बताईन ।

तर यता अध्यक्ष भागीरथी यादवले भने सहकारीको गोदाममा पानी चुहिने भएकाले ससुरालीमा राख्न लगिएको दाबीगरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित