भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

पहिलो पाईला तिलोत्तमा शाखाको १००८ बृक्षाराेपण अभियान सम्पन्न

पहिलाे पाईला नेपाल तिलाेत्तमा शाखाकाे आयाेजना तथा पहिलाे पाईला नेपाल बुटवल शाखाकाे सहकार्यमा स्वच्छ वातावरणकाे निर्माण, पर्यावरणीय दिगाे विकास तथा हरित तिलाेत्तमाकाे अबधारणालाई आत्मसाथ गर्दै सञ्चालन भईरहेकाे “१००८ बृक्षाराेपण अभियान” सम्पन्न भएकाे छ ।

तिलाेत्तमा नगरभित्रका सामुदायिक वन तथा पार्क क्षेत्रका खाली स्थानमा विभिन्न चरणमा विभिन्न प्रजातिका बिरुवाहरु राेपण गरि सफलतापुर्वक लक्षित संख्यामा बिरुवाहरु राेपण गरि अभियान सम्पन्न भएकाे हाे ।

अभियानको अन्तिम बृक्षाराेपण कार्यक्रम तिलाेत्तमा नगरपालिका वडा नं. ११ स्थित सुखाैरा हरियाली सामुदायिक वन क्षेत्रमा रहेकाे खाली स्थानमा विभिन्न प्रजातीका ७०० बिरुवाहरु राेपण गरिएकाे थियाे ।

पहिलाे पाईला नेपाल तिलाेत्तमा शाखाका अध्यक्ष सन्देस पाेख्रेलकाे अध्यक्षता, सुखाैरा हरियाली सामुदायिक वन उपभाेक्ता समितिका अध्यक्ष टिकाराम गाैतमकाे प्रमुख आतिथ्यता, पहिलाे पाईला नेपाल केन्द्रिय कार्यसमिति, तिलाेत्तमा शाखा, बुटवल शाखा तथा सुखाैरा हरियाली सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यज्युहरुकाे उपस्थितिमा अन्तिम हप्ताकाे कार्यक्रम सम्पन्न भएकाे थियाे ।

अन्तिम हप्ताकाे अाैपचारिक कार्यक्रमकाे शुभारम्भ गर्दै प्रमुख अतिथी टिकाराम गाैतमले संस्थाकाे गतिविधि तथा अभियानकाे उदेश्य अनुरुप कार्यक्रम गरिरहेकाे र कार्यक्रमसंग आफू पुर्ण साक्षात्कार रहेकाे भन्दै कार्यक्रम सफलताकाे शुभकामना तथा प्रशंषा ब्यक्त गरे । साथै युवाहरुमा सामाजिक कार्यप्रतिकाे उत्तरदायित्व बाेध भई सामाजिक कार्यमा सक्रिय पहिलाे पाईला नेपालकाे उत्तराेत्तर प्रगतिकाे कामना गरे ।

समापन कार्यक्रमा बाेल्दै तिलाेत्तमा शाखा अध्यक्ष सन्देस पाेख्रेलले बृक्षाराेपण गर्ने स्थान उपलब्ध गराई समन्वयात्मक भुमिकाप्रति सुखाैरा हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, पदाधिकारी, उपस्थिति जनाईदिनुहुने सबैप्रति कृतज्ञता ब्यक्त गरे ।

१००८ बृक्षाराेपण अभियान अन्तर्गत रही करहिया सामुदायिक वन, सुखाैरा हरियाली सामुदायिक वन, तिलाेत्तमा पार्क, हरैया स्वास्थ्य चाैकी परिसर तथा बुटवल बहुमुखी क्याम्पस परिसरमा रहेकाे खाली स्थानमा बिभिन्न प्रजातिका १००८ भन्दा बढी बिरुवाहरु राेपण गरि याे अभियान समापन भएकाे छ । यश अभियानको लागि जिल्ला वन कार्यालय रुपन्देहीले विरुवाहरु उपलब्ध गराएकाे थियाे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित