कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देही–३ द्वारा खेलकुद सामाग्री वितरण

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देही क्षेत्र नं. ३ कमिटिको आयोजना खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न शैक्षिक गतिविधि, स्वास्थ्य सचेतनामुलक एवं सामाजिक गतिविधि गर्दै आएको संघको क्षेत्रिय कमिटिले शनिबार तिलोत्तमा नगरपालिका वडा नं. १३ स्थित बनकट्टी रहेको सक्षम पाईला रिहाविलिटेसन सेन्टरमा खेलकुद सामाग्री वितरण गरेको हो ।

खेलकुद सामाग्री वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवं नेकपा एमाले रुपन्देही जिल्ला कमिटि सदस्य मनोज गौचनले रिहाविलिटेसन सेन्टरमा रहेका युवाहरुलाई खेल मार्फत नयाँ जीवनमा फर्काउने उद्देश्यले खेलकुद सामाग्री वितरण गरेकोमा कमिटिलाई धन्यवाद दिए ।

उनले युवा शक्ति देशको परिर्वतनकारी रहेको भन्दै सुधार घरबाट नयाँ जीवनका साथ बाहिर आएर युवाले समाज रुपान्तरणको अभियानमा लाग्नुपर्ने बताए । अहिले पनि सुधार घर प्रति धेरैको सोच नकरात्मक रहेको भन्दै सुधार घर जीवन बुझ्ने थलो पनि रहेको उनले बताए ।

कमिटिले भलिवल, फुटवल, चेस, लुडो लगाएतका खेल सामाग्री सक्षम पाइलाका ईन्चार्ज मनकार पुनलाई हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य बुद्धिराज थापा, राष्ट्रिय युवा संघ रुपन्देहीका जिल्ला अध्यक्ष विकास बस्नेत, उपाध्यक्ष दिपक खड्गी, राष्ट्रिय युवा संघ तिलोत्तमा नगरपालिकाका ईन्चार्ज राजकुमार क्षेत्री लगाएतले बोल्दै राष्ट्रिय युवा संघ अब समाज परिर्वतनको संवाहक बन्न लागेको बताए ।

कार्यक्रम युवा संघ नेपाल रुपन्देही क्षेत्र नं. ३ का संयोजक कुशल थापाको अध्यक्षता तथा युवा संघ जिल्ला कमिटि सचिबालय सदस्य सम्झना केसी थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित