दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

रोटरी क्लब अफ तिनाउ बुटवल द्वारा सेतो छडी प्रदान

बुटवल।  रोटरी क्लब अफ तिनाउ बुटवलले दृष्टिविहिन भएका व्यक्तिहरुलाई सहायक सामग्री सेतो छडी उपलब्ध गराएको छ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. २ का चारजना दृष्टिविहिन व्यक्तिहरुलाई सेतो छडी उपलब्ध गराएको हो। सनिवार आयोजित कार्यक्रममा दृष्टिविहिन रहेका शितगंगा २ सितापुरका तारापती क्षेत्री मार्फत सेतो छडि प्रदान गरिएको क्लबले जनाएको छ।

जन्मिदै दृष्टिविहिन रहेका क्षेत्री सितापुरस्थित शान्ति आधारभूत विद्यालयका शिक्षक समेत हुन्।

सो अवसरमा बोल्दै शिक्षक क्षेत्रीले दृष्टिविहिनहरुका लागि सेतो छडी सहायक सामाग्री मात्र नभई यात्राको सहयोगी समेत रहेको बताए।

आफु जन्मिदै दृष्टिविहिन भएपनि सेतो छडीकै सहायताले विद्यालय गएको र अहिले शिक्षक बन्न सक्ने भएकोले सेतो छडि आफुहरुको लागि सामान्य नरहेको बताए।

तराई क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा दृष्टिविहिनहरुलाई यात्रामा धेरै समस्या हुने गरेपनि सरकारले सेतो छडि समेत प्रयाप्त उपलब्ध गराउन नसक्नु निकै दुखदायी भएको उनले गुनासो गरे। क्लबका अध्यक्ष अमृता भुसालले द्वितिय उपाध्यक्ष सावित्रा घिमिरेको विशेष पहल र सक्रियतामा सेतो छडी प्रदान गरिएको बताईन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित