रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

माथागढीका कर्मचारी माथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न कर्मचारी यूनियन पाल्पाको माग

पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी माथि भएको दुव्र्यवहारप्रति नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले गम्मभीर ध्यानर्कषण भएको जनाएको छ ।

गाउँपालिकाको लेखा शाखामा भुक्तानीका लागि ढिला गरि तथा खाता बन्दीको अन्तिम समयमा प्राप्त भएका केही भुक्तानीहरु लेखा प्रणालीमा इन्ट्री गरेता पनि प्राविधिक कारण भुक्तानी प्रक्रिया पुरा हुन नसकेका विषयमा लेखा शाखामा कार्यरत कर्मचारीहरुलाई कार्यकक्ष मै थुनछेक गर्ने प्रयास गर्दै गालीगलौज,अपशब्द,अभद्र व्यवहार,भौतिक आक्रमण गर्ने प्रयास एवं ज्यान मार्ने धम्की दिनु अमर्यादीत भएको ठहर गर्दै नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले दोषी माथि कारबाहीको माग गरेको छ ।

कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाका अध्यक्ष रवि अर्यालले एक प्रेस विज्ञप्ती जारी गर्दै जनताको सेवामा खटिई ईमान्दारीता पूर्वक कार्यसम्पादनमा लागि परेका राष्ट्रसेवक कर्मचारी माथि कार्यस्थलमा भएको त्यस किसिमका अभद्र व्यवहार, हातपात एवं अवाञ्छित गतिविधिको घोर निन्दा एवं भ्रत्सना गरिएको बताए ।

निजामति कर्मचारी माथि भएको अमानवीय घटनामा संलग्न दोषी माथि कारबाही नभए कर्मचारी यूनियन पाल्पा सशक्त आन्दोलनमा जान बाध्य हुने समेत अध्यक्ष अर्यालले जिकिर गरे ।

समस्या समाधाका लागि नितिगत एवं प्रणालिगत सुधारको पहल गर्नुको सट्टा सरकारको नीति निर्देशन तथा कानुनको पालना गरि कार्यसम्पादन गरिरहेका कर्मचारीहरु माथि लेखा प्रणाली (सप्टवेर सिस्टम) को कारण भुत्तानी प्रक्रिया पूरा नभएको विषयलाई लिएर जनप्रतिनिधिको संलग्नतामा यस्ता गतिविधिहरु बन्द गरि कानुन हातमा लिने अराजक व्यक्ति तथा समुहलाई आवश्यक कानूनी कारबाहीका लागि माथागढी गाउँपालिका र सम्बन्धित सरोकारवालहरुसँग कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले जोडदार माग समेत राखेको अध्यक्ष अर्यालले बताए ।

साथै सम्पुर्ण कार्यालयहरुमा भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाई राष्ट्रसेवक कर्मचारीहरुले भयरहित तवरले कार्यसम्पादन गर्न सक्ने वातावारण सिर्जन गर्न जिल्लाका जिम्मेवार निकायहरु र नेपाल सरकार समक्ष समेत कर्मचारी यूनियनले जोडदार माग राखेको कर्मचारी यूनियनका जिल्ला कार्यसमिति पाल्पाले अपिल गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित