‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार वर्ष–२०२२ पत्रकार घिमिरेलाई

 

बुटवल । रोटरी क्लब अफ रुपन्देहीले प्रदान गर्ने रोटरी सामाजिक पत्रकारिता पुरस्कार-२०२२ बाट पत्रकार दिपक घिमिरे पुरस्कृत तथा सम्मानित भएका छन् ।

मँगलबार आयोजित क्लबको १२ औं पदस्थापन तथा वर्ष २०२२३/२४ को धन्यवाद ज्ञापन कार्यक्रममा उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रमा कलम चलाई समाजलाई योग्दान पुर्याएको भन्दै उनलाई नगद ११ हजार १ सय ११ रुपैंयासहित सम्मान पत्र र दोसल्लाले पुरस्कृत तथा सम्मान गरिएको हो ।

उनलाई क्लबका तथा कार्यक्रमका अध्यक्ष हरि लम्साल, प्रमुख अतिथि डिष्ट्रिक्ट गर्भनर नोमिनी बिनोद कोइराला र पुरस्कारका संस्थापक तथा क्लबका पूर्व अध्यक्ष गौतम भुसालले संयुक्त रुपमा सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

क्लबका पूर्व अध्यक्ष गौतम भुसालले आफ्ना स्वर्गीय हजुर बुवा केशवराज एवम् हजुरआमा हिमादेवी भुसालको स्मृतिमा क्लबमार्फत नियमित प्रदान गर्नेगरी स्थापना गरिएको पुरस्कार हरेक वर्ष रुपन्देहीलाई कार्य क्षेत्र बनाएर सामाजिक क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई दिइँदै आएको उनले बताए । गत वर्ष उक्त पुरस्कार पत्रकार स्व. एन.बी. कंडेलले प्राप्त गरेका थिए । यस वर्ष सम्मानित तथा पुरस्कृत घिमिरे भैरहवामा रहेर लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत छन् । उनी खबरपात्रो डटकमका सम्पादक हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिनोद कोइरालाले क्लबलाई सामाजिक क्रियाकलापमा थप सक्रिय भएर काम गर्न सुझाब दिए । यसैबीच पदस्थापनको अवसरमा निवर्तमान अध्यक्ष ऋषिराम भण्डारीले आफ्नो कार्यकाल वर्ष २०२२/२३ मा गरेका क्रियाकलापहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा क्लबको डाइरेक्टरी प्रकाशन गरिएको थियो ।

सामाजिक क्रियाकलापहरुमा सक्रिय रहेको क्लबले आफ्ना सदस्यका परिवारबाट एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान गरिएको थियो । यसैगरी क्लवमा नयाँ सदस्यका रुपमा प्रवेश गरेका ६ जना नयाँ सदस्यलाई पिन हस्तान्तरण गरिएको थियो

कार्यक्रममा असिस्ट गभर्नर कृष्ण शर्मा, डिष्ट्रिक पब्लिक इमेज चेयर पर्सन राजकुमार गुप्ता, रोटरी डिस्ट्रिक ट्रेनर राजेन्द्र लम्साल, रोटरी क्लब अफ बुटवलका निवर्तमान अध्यक्ष बोनिन् पिया, क्लबका एसिस्ट गभर्नर राजुदेवी खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित