मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

निःशुल्क छात्रवृत्ति र विद्यार्थीबाट उठाउने शुल्कको विवरण पेश गर्न तिलोत्तमाको निर्देशन

बुटवल । तिलोत्तमा नगरपालिकाले निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु र विद्यार्थीहरुबाट उठाउने शुल्कको विवरण पेश गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।

तिलोत्तमा नगरपालिकाका प्रमुख मंगलबार पत्र लेखि नगर भित्रका सामुदायिक विद्यालयहरुलाई शिक्षा ऐन तथा नियमावलीमा तोकिएको बमोजिमको निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको नामावली र विद्यालयले उठाउने शुल्कको विवरण साउन ५ गतेभित्र बुझाउन निर्देशन दिएका हुन् । एने अनुसार कुल विद्यार्थीको १० प्रतिशतले निःशुल्क छात्रवृत्ति गर्छन् ।

‘प्रस्तुत विषयमा तिलोत्तमा नगरपालिका भित्र सञ्चालित सम्पुर्ण संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८० मा शिक्षा ऐन तथा नियमावलीमा तोकिए बमोजिमको निःशुल्क छात्रवृत्ति विवरण गरि त्यस्तो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको नामावली तथा कक्षा नर्सरी देखी कक्षा १२ सम्म विद्यार्थीबाट उठाउने शुल्क विवरण मिति २०५०।०४।०५ गते भित्र अनिवार्य रुपमा यस नगरपालिकामा पेश गर्नुहुन जानकारी गराइन्छ ।’– पत्रमा भनिएको छ ।

तिलोत्तमा नगरभित्र संस्थागत विद्यालय ४० र सामुदायिक विद्यालय ४२ वटा रहेका छन् । तिलोत्तमा कक्षा १२ सम्म अहिले करिब ४४ हजार विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित