‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सर्पले डस्दा कपिलवस्तुमा चारको मृत्यु

बुटवल । कपिलबस्तुमा सर्पले डस्दा ४ जनाको मृत्यु भएको छ ।

बुद्धभूमि नगरपालिका १ कपासीमा दाजुभाइको सर्पले डसेर मृत्यु भएको हो भने महाराजगञ्ज नगरपालिकामा २ जना गरी ४ जनाको मृत्यु भएको हो । बुद्धभूमि नगरपालिका १ का वर्ष १२ का दीपक भुसाल र वर्ष ९ का प्रदीप भुसालको सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

दुबै जना पारिजात बोर्डिङ स्कुल गोरुसिङ्गेमा अध्ययन गर्दै आएका थिए । त्यस्तै महाराजगञ्ज नगरपालिकाका ३१ वर्षीया अनिता यादव र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका वर्ष १४ की ममता चमार को पनि सर्पले डस्दा मृत्यु भएको छ ।

दुबै जनालाई गोमन सर्पले डसेको हुन सक्ने बताइएको छ ।

सर्पदंशको प्राथमिक उपचार

कन्काई सहारा सर्पदंश उपचार केन्द्रका इन्चार्ज अभिषेक पोखरेल सर्पले डसेको व्यक्तिलाई हतोत्साही बनाउने खालका कुनै पनि काम गर्न नहुने बताउँछन् । सर्पले टोक्नेबित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अंगलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ । यस्तो बेला कुनै पनि खानेकुरा खानुहुँदैन ।

कतिपयले सर्पले टोकेको ठाँउभन्दा माथि डोरीले कसिलो गरी बाँध्ने गर्छन् । यसो गर्दा रक्तसञ्चारमा समस्या हुने पोखरेल बताउँछन् । जसले गर्दा सर्पले टोकेको अंग मर्ने र  खराब भएर काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ । त्यसैले सर्पले टोेकेको स्थानभन्दा माथि हलुकासँग मात्रै बाँध्नुपर्छ ।

विषालु सर्पले टोकेको दुई घण्टाभित्र बिरामीको मृत्यु समेत हुनसक्ने भएकाले झारफुकजस्ता अन्धविश्वास अल्झिनुहुँदैन, सकेसम्म चाँडो उपचार केन्द्रमा लैजानुपर्छ ।

सर्पको टोकाइबाट कसरी सुरक्षित रहने ?

बेलुकाको समयमा जुत्ता लगाएर मात्रै हिंड्ने गर्नुपर्छ । यसरी हिंड्दा टर्चलाइट लिएर मात्र हिंड्नुपर्छ । यस्तै भुईंमा नसुती सधैं खाटमा सुत्ने बानी गर्नुपर्छ । ओछ्यानमा झुल टाँगेर सुत्नु सबैभन्दा राम्रो हुन्छ ।

घर वरपर सफासुग्घर राख्ने गर्नुपर्छ । लामो बाहुला भएको लुगा लगाउनुपर्छ । घरमा लिपपोत गर्दा, घाँस–दाउरा गर्दा एकदमै ध्यान पुर्‍याउने गर्दा सर्पको टोकाइबाट केही हदसम्म बच्न सकिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित