रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

अक्सफोर्डले ग-यो एसइइमा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान

अक्सफोर्ड मावि बुटवलमा एसइई परीक्षा २०७९ को परीक्षामा सफल विद्यार्थीहरू तथा अभिभावकलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य दिनेश भुसाल, अक्सफोर्ड क्याम्पसका क्याम्पस प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसाल, ब्यवस्थापन समिति सदस्य थानेश्वर भण्डारी, ललित खरेल, गोविन्द गौतम लगायतले सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा एसइई परीक्षा २०७९ मा सम्मिलित भई ३.९५ जीपीए सहित रूपन्देहीमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई अबिर तथा खादा लगाएर सम्मान गरिएको थियो । बधाई तथा सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले अक्सफोर्ड मावि संस्कार सहितको शिक्षा दिने र हरेक नतिजामा अब्बल रहेको हँुदा विद्यार्थीहरूको चाप बढेको भन्दै २÷३ दिनभित्रै भर्ना सकिने बताए ।

कार्यक्रममा बोल्दै प्राध्यापक सुमन भुसालले एसइई परीक्षामा सफल हुने सम्पूर्ण विद्यार्थीलाई बधाई दिदै अक्सफोर्ड माविले विगतमा गरेका शैक्षिक कामहरूको चर्चा गर्दै विद्यालयमा भर्ना हुने विद्यार्थीको चाप बढेको हुँदा समयमै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्न सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेका थिऐ । त्यस्तै क्याम्पस प्रमुख मनोज मरासिनीले विद्यार्थीहरूलाई बधाई दिदै अक्सफोर्ड मावि जस्तै पटकपटक विभिन्न रिजल्टमा कलेज पनि नेपाल प्रथम भएको कुरालाई स्मरण गराउंदै स्नातक तहको शिक्षाको लागि समेत बाहिर जान नपर्ने बताए ।

सम्मान कार्यक्रममा उपस्थित अधिकाश अभिभावक तथा विद्यार्थीहरूले कक्षा ११÷१२ को प्रमुख गन्तव्य अक्सफोर्ड नै रहेको बताएका थिए । हाल अक्सफोर्ड मावि कक्षा ११÷१२ मा १७ सय ५० विद्यार्थी रहेका छन् । कक्षा ११ को स्कलर्शसिप परीक्षा असार २७ गते हुने बिहानी इन्चार्ज प्राध्यापक नारायण सापकोटाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित