‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

भैरहवामा सञ्चालित ७ दिने चुरा–पोते बनाउने तालिम सम्पन्न

भैरहवा । आस्था महिला उद्यमी संघ सिद्धार्थनगर–९, रुपन्देहीको आयोजनामा भैरहवामा सञ्चालित ७ दिने चुरा–पोते बनाउने तालिम सम्पन्न भएको छ । उद्यमशीलताका लागि महिलाहरुको स्वरोजगार विकास तालिमअन्तर्गत सिद्धार्थनगर–९ स्थित चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)को सभाहलमा गत असार १४ गतेदेखि तालिम सुरु भएको संघकी अध्यक्ष विन्दु न्यौपानेले बताइन् ।

तालिममा ५७ जनाको सहभागीता रहेको आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी सचिव लक्ष्मी अधिकारीले बताइन् । उनले तालिम सञ्चालनका लागि संस्थाकै कार्यसमिति सदस्यहरुले अगुवाइ र सहयोग गरेको र अन्य कुनै निकायबाट सहयोग प्राप्त नभएको बताए ।

बुधबार आयोजित समापन कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन) का अध्यक्ष अनिल कुमार ज्ञवालीले संगठनको वस्तगुत संस्था आस्था महिला उद्यमी संघ सिद्धार्थनगरले धेरै राम्रो काम गरेको बताए । उनले संघले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै संगठनले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘अत्यन्तै खुसी छौं, आस्था महिला उद्यमी संघलाई धन्यवाद दिन चाहन्छु ।’ अध्यक्ष ज्ञवालीले तालिम लिएका महिलाहरुले सामान उत्पादन गर्न सके विक्रीवितरणमा पनि सहयोग गर्ने बताए ।

संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले आस्था उद्यमी महिला संघ सिद्धार्थनगरले नाम अनुसारको काम गरेको भन्दै प्रशंसा गरे । उनले सरकारको मात्र मुख मात्र ताकेर नहुने भएकाले आत्मनिर्भर बन्न आवश्यक रहेको बताए । उनले भने, ‘सिकेको सीपलाई व्यवहारमा उतार्न व्यवसाय सञ्चालन गर्नुपर्छ । ’

आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी सल्लाहकार तथा उद्योग व्यापार संगठन रुपन्देहीकी सल्लाहकार ज्ञानु पौड्यालले उत्पादित सामानको बजारीकरणमा सक्दो सहयोग गर्ने बताइन् । संगठनका सल्लाहकार सुरेन्द्र बस्यालले महिला आफै आयआर्जनमा लाग्नुपर्ने बताए ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले सिकेको सीप खेर फाल्न नहुने बताए ।

आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी निवर्तमान अध्यक्ष तथा सल्लाहकार उषाकिरण गुरुङले तालिमले महिलालाई आत्मनिर्भर बन्न सहयोग गर्ने बताइन् ।

तालिममा प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै सावित्रा भण्डारी र सुनिता पाण्डेले तालिम निकै उपलब्धीमूलक भएको र आगामी दिनमा पनि यस्ता खालको तालिम सञ्चालन गर्नुपर्ने बताए ।

आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपानेको अध्यक्षता, चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक पवि खनालको स्वागत, आस्था महिला उद्यमी संघकी उपाध्यक्ष मिनिता थापाको धन्यवाद ज्ञापन तथा सचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा प्रशिक्षक विजया गिरी र सह–प्रशिक्षक माया गुरुङले सहजीकरण गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित