दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

भीएक्सएल कन्सल्टेन्सीको चौथो शाखा बुटवलमा

भी एक्स एल माइग्रेसन एण्ड एजुकेसन कन्सल्ट्यान्टस्को नेपालको चौथो शाखा बुटवलमा सञ्चालनमा आएको छ । बुटवल मिलनचोकमा सञ्चालनमा आएको शाखाको कन्सल्ट्यान्टस्का ग्लोबल डाइरेक्टर नवीन पन्तले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै उनले रुपन्देही र आसपासबाट उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया,क्यानाडा,युके, आयरल्याण्ड र फिलिपिन्स जान चाहने विद्यार्थीहरुको मागका आधारमा उनीहरुलाई सही ढंगले परामर्श दिने उद्देश्यले बुटवलमा शाखा विस्तार गरेको बताए ।

भीएक्सएलले सर्टिफिकेट मात्रै भन्दा सीप समेत सिकेर अध्ययनका लागि विदेश जांदा सजिलो हुने भन्ने कुरालाई विशेष प्राथमिकताका साथ परामर्श दिने बताए । भीएक्सएलले यसअघि काठमाडौं, चितवन र बिराटनगरमा शाखा सञ्चालनमा ल्याइसकेको पन्तले बताए ।

भीएक्सएलका बुटवल प्रमुख विष्णुप्रसाद यादवले शाखा शुभारम्भका अवसरमा विभिन्न शुल्कमा ५० प्रतिशतसम्म छुट गरिएको बताए । आफ्नो संस्थाले उच्च शिक्षा अध्ययन र केही वर्ष विदेशमै रहेर कमाउनु जायज भएपनि दीर्घकालीनरुपमा विदेशमै रहनु देशको लागि राम्रो होइन त्यसकारण निश्चित समयपछि स्वदेशमै फर्किनुपर्छ भन्ने मान्यता अनुसार परामर्श दिने यादवले बताए ।

भीएक्सएलको अष्ट्रेलिया,फिलिपिन्समा पनि शाखा कार्यालय रहेको संस्थाका नेपाल डाइरेक्टर राजेन्द्र लेखकले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित