३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

साधारणसभाका पूर्वसन्ध्यामा फूलबारीमा वृक्षरोपण

बुटवल। मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबार) ले बिहीबार वृक्षरोपण गरेको छ ।

५ औं अधिवेशनको तथा १५ औं साधारण सभाको पूर्वसन्ध्यामा उद्यान परिसरभित्र विभिन्न प्रजातिका झण्डै पाँच सय विरूवा लगाएको हो ।

वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले धेरै मेहनत र निरन्तरताबाट उद्यान नमूना बन्न सफल भएको बताउँदै थप विकासको लागि नगरको तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताइन ।

उपप्रमुख अर्यालले शहरमा हरियाली संरक्षणमा उद्यानहरुको योगदान रहेको भन्दै यो कामलाई थप निरन्तरता दिन सुझाव दिइन् । उनले फूलबारी आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्त्व्य बनेकोले यसको अझै विकास गर्न आवश्यक रहेकोमा जोड दिइन ।

कार्यक्रममा समितिका अध्यक्ष खेम प्रसाद लुइँटेल वर्षभरी नै विविध कार्यक्रम मध्ये वृक्षरोपण महत्वपूर्ण कार्य भएको बताए । गत एक वर्षको अवधिमा फूलबारीमा एक हजार बिरुवा लगाएको भन्दै उनले विस्थापित पुराना रूखको ठाउँमा हरियाली गराउने लक्ष्यसहित कार्यक्रम गरिँदै आएको बताए ।

कार्यक्रमम संयोजक माधव नेपालले रुद्राक्ष, अमला, जामुन, कल्की, धुपी, सुगर चट, एभोगार्डो, तेजपत्ता लगायत विरूवा रोपिएको जानकारी दिए ।

सो अवसरमा बुटवल सामुदायिक वन उपभोक्ता समूह (१–४) का अध्यक्ष बाबुराम पौडेल, वडा नम्बर २ का वडा अध्यक्ष सुनील शाक्यले शुभकामना दिए । कार्यक्रमको सञ्चालन समितिका सदस्य गौतमलाल शाक्यले गरेका थिए । संघको साधारणसभा तथा अधिवेशन शनिबार हुँदैछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित