‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनीका मुख्यमन्त्रीलाई ‘गोष्ठी गर्न ३ अर्ब बजेट’

लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेका बहुवर्षीय तथा गौरवका योजनाहरूलाई अलपत्र पार्ने उद्देश्यका साथ अति न्यून बजेट विनियोजन गरेको एमालेले आरोप लगाएको छ ।

एमाले संसदीय दलका नेता लिला गिरीले एक विज्ञप्ति जारी गरी सरकारले महत्त्वपूर्ण आयोजनामा बजेट विनियोजन नगर्ने तर मुख्यमन्त्री कार्यालयमा तालिम, गोष्ठी शीर्षकमा ३ अर्ब रुपैयाँ राखेको भन्दै विरोध जनाए । ‘विगतका सरकारले सञ्चालन गरेका बहुवर्षीय तथा गौरवका योजनाहरूलाई अलपत्र पार्ने उद्देश्यका साथ अति न्यून बजेट विनियोजन गर्ने सरकारको गलत प्रवृत्तिको विरोध गर्दछौं,’ गिरीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रमुख प्रतिपक्ष दलको असहमति र रोस्ट्रम घेराउलाई बेवास्ता गर्दै सत्तापक्षले जोर–जबरजस्ती सदन अगाडि बढाएर सभामुख जस्तो निष्पक्ष, सन्तुलित, मर्यादित र निष्पक्ष संस्थाको गरिमा घटाउने काम सभामुखबाट हुनु अत्यन्त दुःखद र चिन्ताको विषय भएको गिरीको भनाइ छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित